कोभिड–१९ लाइभ अपडेट

All countries
194,070,340
संक्रमित
Updated on July 24, 2021 12:19 pm
All countries
174,437,050
निको भएका
Updated on July 24, 2021 12:19 pm
All countries
4,160,337
मृत्यु
Updated on July 24, 2021 12:19 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
194,070,340
संक्रमित
Updated on July 24, 2021 12:19 pm
All countries
174,437,050
निको भएका
Updated on July 24, 2021 12:19 pm
All countries
4,160,337
मृत्यु
Updated on July 24, 2021 12:19 pm

कोरोना संक्रमणका कारण थप एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

डोल्पा- डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो।

शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए।

‘प्रदेश सरकारसँग सहकार्य भइरहेको छ सबै क्षेत्रबाट परीक्षणको लागि अपिल गरेका छौँ’ उनले भने–‘यदि समयमा परीक्षण नगरिए गाँउपालिकामा ठूलो क्षति हुन सक्छ।’

जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जाने र मृतकको सम्पर्कमा आएका सबैको विवरण आएपछि प्रतिष्ठानबाट पनि स्वास्थ्यकर्मी आउने भन्दै प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले नआत्तिन आग्रह गरे।

उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...