कोभिड–१९ लाइभ अपडेट

All countries
339,662,206
संक्रमित
Updated on January 20, 2022 2:20 pm
All countries
271,038,093
निको भएका
Updated on January 20, 2022 2:20 pm
All countries
5,584,390
मृत्यु
Updated on January 20, 2022 2:20 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
339,662,206
संक्रमित
Updated on January 20, 2022 2:20 pm
All countries
271,038,093
निको भएका
Updated on January 20, 2022 2:20 pm
All countries
5,584,390
मृत्यु
Updated on January 20, 2022 2:20 pm

डडेल्धुरामै हुने भो पिसिआर परीक्षण, मेसिन ल्याइँदै

डडेल्धुराः कोरोना परीक्षण जिल्लामा हुने भएको छ। ह्यु मिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाडौंबाट ट्रकमार्फत यहाँ ल्याउन लागिएको हो। शुक्रबार काठमाडौंबाट ट्रकमार्फत पठाएको मेसिन सोमबार मात्र जिल्लामा पुग्ने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।

उनले भने, ‘मेसिन हिजो काठमाडौंबाट पठाइएको हो तर बीचमा पहिरोले राकियो। आज राति धनगढी आइपुग्छ होला। भोलि डडेल्धुरा पुगेपनि औपचारिक रूपममा हामीलाई सोमबार हस्तातरण गर्ने संस्थाका सोच छ।’ फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक आइरहेको जनाएको छ।

शुक्रबार साँझ मेसिन लिएर ट्रक काठमाडौंबाट हिँडेकाले सकभर शनिबार बेलुकासम्म सुदूरपश्चिम पुग्ने ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए।

उक्त पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने उनले जानकारी दिए। अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पिसिआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारी थालिएको जानकारी दिए।

विष्टले तत्कालका अस्पतालमा भएको संचरनामै सञ्चालनमा ल्याउने तयारी भइरहेकाले डडेल्धुरा पुगेको एक हप्ताभित्र मेसिन जडानको काम सकेर परीक्षण थालिने बताए। उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरिएको बताए।

अस्पतालमा अस्थायी प्रयोगशाला निमार्णको काम अन्तिम चरणमा पुगेका डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले बताए। उनले भने, ‘प्रयोगशालको काम अन्तिम चरणमा पुगेको छ। मेसिन जडानमा कम्तीमा ७ दिन लाग्ने छ।’ यहाँका स्थानीय सरकारहरुले पनि सहयोग गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...