कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

नेपालगँजको ईमरतीको कथा

  • 55
    Shares

शरदचन्द्र ओझा
नेपालगँज- १४, भवनियापुर

धेरै पहिलेको कुरो हो, ईण्डियामा एकजना अङ्ग्रेज अफसरले आफ्नो मातहतको कर्मचारी बेनी प्रसादलाई आफ्नो लागि खाना बनाउन अर्हाएछन, ति बेनी प्रसादले हाकिम लाई खुशी पार्न खानासँगै एउटा टेढोबाङ्गो मिठाई पनि बनाई दिएछन ।

मिठाई यस्तो मन परेछ त्यो अङ्ग्रेजलाई उस्ले तत्कालै बेनी प्रसादलाई नौकरी छोडेर मिठाई पसल शुरु गरीहाल भनेछन । त्यहि मिठाई ईमरती हो ।

आजपनि जौनपुरमा २०० बर्ष पुरानो बेनी प्रसाद देवी प्रसाद नामको ईमरती बनाउने पसल छ । ईमरती पक्षिम तराई तथा निकटवर्ती भारतको एक प्रमुख मिठाई हो, हेर्दा जिलेबी जस्तो लागे पनि यो स्वाद र रुपमा जिलेबी भन्दा फरक हुन्छ ।

ईमरती र जिलेबी दुबैको बनाउने बिधी र राखिने तत्वहरु फरक हुने गर्दछन । त्रिभुवन चोकको ईमरतीको स्वादका पारखीहरु प्रायजसो दैनिक यस्को आनन्द लिने गर्दछन । ठाउँ अनुसार यस्लाई बिभिन्न नाम ले सँबोधन गरिन्छ जस्तै अमृती, एमर्ति, वोमर्त्ती, अमित्ती, जहाँङ्गिर अनि जाङ्गिरी ।

मासको दालको सेतो भाग, शुद्ध घ्यु,कहिलेकाँही अन्य तेल पनि, केवरा, केशर, चिनी ईत्यादी प्रयोग गरिन्छ ।

मुगल सम्राट जहाँँगीरलाई मिठाई धेरै मन पर्थ्यो, उनी खिर र अन्य मिठो परिकार खाँदा खाँदा वाक्क भई सकेका थिए । उन्ले एकदिन आफ्नो खानसामा ( भान्से)लाई बोलाई केहि नया मिठाई तयार गर्न भने, उन्को खानसामाले जलेबीमानै केहि प्रयोग गर्ने सोचेर, पिठोको स्थानमा मासको दालको सेतो भागको धुलो प्रयोग गरे अनि त्यस्मा केवडा, केशरा पनि मिलाए ।

यो मिठाईलाई बादशाहले अत्यन्त मन पराए, अनि त्यको नाम पनि यसप्रकार जहाँगिरी पनि रहन गयो भनेर पनि भनिन्छ । हुनसक्छ्, यहि जहाँगिरीलाई बेनी प्रसादले आफ्नो तरिकाले बनाएका हुन ।

रमादानको( रमजान) समयमा साँझको प्रार्थना पछि खाईने ईफ्तारीमा पनि ईमरतीको उचित स्थान हुने गर्दछ । यसो त ईमरतीसँग रबडीको पनि खुब तालमेल बस्दछ । ईमरती र रबडी सँगै खाँदा एउटा बिशिष्ठ स्वादको अनुभव हुन्छ भनेर पारखीहरु भन्ने गर्दछन ।

आजको यस लेखको प्रमुख बिषय ईमरती भएकोले, रबडीको बारेमा अर्को लेख लेख्ने प्रयास गर्नेछु । दक्षिण भारतको कुनै एक मन्दिरमा हनुमान जी लाई ईमरतीको माला पनि लगाईन्छ भनेर भनिन्छ ।

नेपालगँज आउनु हुने पाहुनाहरुले एकपटक तात्तातो ईमरती को स्वादको मज्जा अवश्य लिनु पर्छ भन्ने लाग्छ, चिनी खान न चाहनेले बिना चिनीको पनि खाएर मजा लिन सक्नु हुनेछ । नेपालगँज, धनगढी, महेन्द्रनगरको मिठाई पसलहरुमा ईमरती अवश्य पाईन्छ ।

नेपालगँज त्रिभुवन चोकको ईमरती, धनगढीको महाबिर मिष्ठान भण्डारको ईमरती, महेन्द्रनगरको गुड्डुको पसलको ईमरती प्रख्यात नै छ । ईमरती रातो खाने रङ्ग हालेको अनि रङ्ग नहालेको गरी दुईथरीको पाईन्छ । हुन त बिगतमा बनाईएको ईमरतीलाई अहिले मास्टर सेफ सँजिब कपुर लगायत र पाँच तारे होटलहरुले आफ्नो तरिकाले कुरकुरे र अन्य रुपमा पनि तयार पार्ने गरेका छन ।

यस अर्थमा साधारण ब्यक्तिदेखि पाँच तारे होटलमा खाने हैशियत भएकाहरुले सम्म ईमरतीको स्वाद चाखेका हुन्छन ।
दहि ईमरती, रबडी ईमरती, समोसा पछि ईमरती अथवा खाली ईमरती जसरी खाए पनि प्रमुख मिठाई त ईमरतीनै हुन्छ ।

खाशै भन्नु पर्दा ईमरती लाजवाफ हुन्छ, मिठो हुन्छ, एकपटक अथवा पटक पटक अवश्य खानु पर्छ । यो एक किसिमको बिशिष्ट मिठाई हो भन्नुमा अतुक्ती न होला ।

 

  • 55
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...