कोभिड–१९ लाइभ अपडेट

All countries
41,055,806
संक्रमित
Updated on October 21, 2020 1:27 pm
All countries
30,148,489
निको भएका
Updated on October 21, 2020 1:27 pm
All countries
1,129,845
मृत्यु
Updated on October 21, 2020 1:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,055,806
संक्रमित
Updated on October 21, 2020 1:27 pm
All countries
30,148,489
निको भएका
Updated on October 21, 2020 1:27 pm
All countries
1,129,845
मृत्यु
Updated on October 21, 2020 1:27 pm

अयोध्यालाई होच्याउने प्रधानमन्त्रीको मनसाय होइन- परराष्ट्र मन्त्रालय

 

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको छ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए।

परराष्ट्रले प्रधानमन्त्री ओलीको मन्तव्य कुनै पनि राजनीतिक विषयसँग सान्दर्भिक नभएको र कसैको भावनामा चोट पु¥याउने मनसाय नभएको भनी प्रष्ट्याएको छ।

‘श्री राम र उनीसँग जोडिएका ठाउँहरुसम्बन्धी बिभिन्न पौराणिक मान्यता र सन्दर्भहरु रहेको हुँदा रामायणले प्रतिनिधित्व गर्ने विशाल साँस्कृतिक भूगोल, श्री राम, रामायण र यो विशाल सभ्यताका सम्बन्धमा थप तथ्यहरु ल्याउनका लागि गर्नुपर्ने थप अध्ययन, अनुसन्धानको महत्वलाई प्रधानमन्त्रीबाट अझ जोड दिइएको मात्र हो,’ परराष्ट्रले भनेको छ।

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई बिभिन्न ढंगबाट ब्याख्या भएपछि मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ।

परराष्ट्र मन्त्रालयले वर्षैपिच्छे विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने परम्पराको आफ्नै महत्व रहेको जनाएको छ।

‘नेपाल र भारतका दुई प्रधानमन्त्रीबाट मे २०१८ मा रामायण सर्किटको उद्घाटन गरिएको थियो र जनकपुर–अयोध्या यात्रु बससेवा त्यसको एउटा महत्वपूर्ण पक्ष हो,’ परराष्ट्रले भनेको छ, ‘यो तथ्यले पनि हाम्रा दुई देश र जनताबीचको सदियौं पुरानो सांस्कृतिक घनिष्टताको महत्वलाई उजागर गर्दछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...