कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

लघुकथाः मेडिकल रेप्रेजेन्टटिभ यानिकी म

  • 650
    Shares

शरदचन्द्र ओझा, नेपालगँज-१४ भवनियापुर

एउटा सपना थियो उस्को पढने लेख्ने, उच्च शिक्षा हासिल गर्ने अनि डाक्टर, ईन्जिनियर, वकिल बन्ने अनि समाजमा एउटा छुट्टै पहिचान बनाउने ।
कुरो त्यो बेला को हो, जब देशमा शाही शासन थियो, अनुशासन थियो, डर थियो । शहरको कोलाहल मै जन्मेर हुर्केको रवी का लागि राजधानी जानु भनेको खाशै ठुलो कुरो त थिएन बरु आफ्नो साथिहरुसँगको रमाईलो छुटला भन्ने धेरै पिर थियो ।प्रवेशिका परिक्षा राम्रो नम्बरले उतिर्ण गरेपछि रवी र उस्का एक हुल साथिहरु अगाडीको शिक्षा हासिल गर्न भनी ईण्डियाको एउटा शहर तर्फ लाग्दछन ।

त्यहाँको केहि बर्षको दौरानको बसाईमा राम्रा नराम्रा अनुभव हासिल गर्दै, साथै एक उत्कृष्ट बिस्वबिद्यालयको डिग्री लिएर आफ्नो देश फर्किन्छन । एकपटक ईण्डियाकै उक्त शहरको राजपुर रोडको एउटा होटलमा खाना खाँदा एउटा टाई र हातमा छालाको ब्याग बोकेको मान्छेलाई नजिकबाट नियाल्दा एउटा छुट्टै अनुभव हासिल गर्दछन ।

रविको मनमा यो मान्छे को होला, के काम गर्छ होला भन्ने कौतुहल जागेर सँगमा गएको साथिलाई सोध्न पुग्छ । साथिले त्यो मान्छे मेडिकल रेप्रेजेन्टटिभ हो, औषधीको काम गर्छ, यो भन्दा बेसी मलाई केहि थाह छैन भनेर भने पछि यो नया पेशाको सँबन्धमा केहि जानकारी पाउँदछन । यता मास्टर डिग्री देश बाटै लिने अनि यहिँ रोजगारी पनि खोज्ने भन्दै राजधानी छिरेका रविको यताको अनुभव पनि ब्यापकै रह्यो ।

उता कोठा भाँडा मान्छेको सँख्या अनुसार तय हुने थियो भने, यता सँख्या होईन एउटा निस्चित रकममा बढी जोड थियो, एकदिन पनिर भनेर तोफु रैछ, ल्याएर पकाउँदा फुलेको अनि अर्कै स्वाद पाएको नौलो अनुभव पनि मानसपटलामा ताजै छ । बिस्तारै, राजधानी शहरको बसाई, अर्कै परिवेश, भाषा अनि कहाली लाग्दो पानीको चरम अभावका बिच उनि र उन्का अभिन्न मित्र खडग अभस्त हुँदै गए ।

ईण्डियाको बसाईमा तन्दुरी रोटी दालफ्राई मटर पनिर खान बारबार पँजाबी ढाबा गई राख्ने उनिहरु यता राजधानीको खिचापोखरीमा भर्खरै खुलेको पहिलो ढाबाको नियमित ग्राहक नै बन्न पुगे उनिहरु, प्राय सरकारी अड्डाबाट महिनाको तलब पाएको दिन ११५० मद्धे २०० जति त सिध्याउनुनै पर्थ्यो उनिहरुलाई त्यहाँ सरदारजी को शेरे पँजाब ढाबामा । ३० मा पाईने एक बोतल स्टार बियर पछि, महेन्द्र पुलिस क्लब सामुन्ने पुग्दा खुट्टा आफै दुरुस्त हुँने अनि घट्टेकुलो तिर पुग्दा पुनस् लडखडाउँदा मज्जै अर्को थियो ।

क्या दिन थिए, तिन्का, ति पँचायतकालमा ईण्डियाले नाकाबन्दी गर्दा मट्टितेलको लाईनमा घण्टौ लाग्दाको क्षण, बोतलमा मात्र पाईने दुग्ध सँस्थानको दुध किन्न अँध्यारोमै लाममा बस्नुपर्ने ति दिन, पानीको धाराको त्यो घण्टौको पर्खाई, जाडोमा हप्तौ ननुहाएको शरिर यस्तै यस्तै कयौँ पल को याद अहिले पनि रवीलाई सम्झँदा बिचित्र लाग्छ ।

साँचै भन्नुपर्दा अभावै अभावको त्यो राजधानी नामको शहरका एक अभिन्न अँग भई सकेका थिए गाँउबाट ईण्डियाको ठुलो शहर हुँदै छिरेका खडग र रवी दुई मित्रहरु । अझै छेउको कोठामा बस्ने नव सँगीतकार टिकाजीको बिहानै बेलुकाको मासको दाल भात र रायोको सागको मात्रै खुवाई देखेर वाल्ल पर्थे ति दुई, साँच्चै कसरी खान सक्छ होला कसैले एउटै खाना सँधैभरी भनेर सोच्थे पनि कुनैबेला ।

यता उस्को नियतीले साथिलाई सरकारी नौकरीमा नै छोडदै उ त्यहाँबाट राजिनामा दिई, ईण्डियाको औधोगिक राजधानीको एक प्रतिष्ठित बहुराष्टृय ओखती कँपनीको बजार प्रतिनिधी यानिकी मेडिकल रेप्रेजेन्टेटिभ को डेढ महिने तालिम लिन बम्बई पुग्छ । ब

म्बईया कल्चर, डा एन्नी बिसेन्ट रोड नजिकको एक सात तल्ले होटेलको झ्याल नभएको कोठामा बँगाली मित्र सौरभ सँगको लामो बसाई, उसै सँगको दैनिक प्रतिस्प्रधा, अनि अन्तमा ४५ दिनको कडारुपको तालिम पश्चास्त रवी ३५ जना तालिमे का बिच प्रथम घोषित हुन्छ, उस्लाई एक कार्यक्रमका माझ कम्पनीका भाईस प्रेसिडेन्टले सम्मानित गरेको क्षण उस्को मानसपटलमा अहिले पनि घुमेकै हुन्छ ।

तालिम पश्चात उ आफ्नै देशको राजधानी उहि अभावै अभावको शहरमा नियुक्त भएर आई पुग्छ । यता रवीका हाकिम अर्थत एरिया सेल्स एक्जिक्युटिब, उस्को निमित्त कार्यक्षेत्रको रुपरेखा कोर्न ब्यस्त देखिन्छन । उस्लाई राजधानी लगायत झापा देखि बिरगँज अनि रौतहट सम्मको एरियामा आफ्नो कम्पनीको बजारिकरण बिस्तारको जिम्मेवारी सौँपिईन्छ ।

अनि फेरी घरद्वारभन्दा टाढा नयानया परिवेश, बोलीभाषा, खानपानको प्रारुपका बिच सिक्ने जान्ने रमाउने दैनिकी शुरु हुन्छ उस्को । कहिले बसको छतको यात्रा, कहिले दुरदराजमा झोला बोकेर थुप्रो हिन्नुपर्ने, कहिले ग्राहकको माया त कहिले बितृस्ना, घाम पानी भोक भोकै ई नानाथरीका प्रकृतीमा बिस्तारै अभ्यस्त हुँदै गयो उ ।

केहि दिन एक शहरको बास अनि दोश्रो दिन अर्कै शहर अनि खानपान, ईलामको स्कुसको जराको तरकारी त कहिले जनकपुरमा करीबरी अनि तरुवाभरुवा । सिरहाको आँटी होटेल त बैरगनियाको दही चिउरा । अच्छा, एउटा अर्को मजाको कुरो चाहिँ रौतहटको गौर बजार पुग्ने नेपालको बाटो नहुँदा, रक्सौल हुँदै बैरगनिया जाने ट्रेनको रमाइलो प्रसँग हुने गर्थ्यो रवीको जिवनमा ।

उसँग प्राय एक सिनियर दाई हुने गर्थे, रक्सौल रेल्वे स्टेसनमा बेदप्रकास शर्माको जासुसी कथाको दुईवटा भिन्न पुस्तक किन्ने अनि ट्रेनको यात्रा दौरान पढने, अनि फर्किँदा फेरी बैरगनिया स्टेसनको ट्रेन कुराईमा एउटा कुनो समातेर पढेको पढयै, बेलुका रक्सौलमा पुगेर उहि बुक स्टललाई आधा दाममा त्यो पुस्तक बेच्दाको मज्जै अर्को हुन्थ्यो भनेर भन्थ्यो उ ।

मेडिकल रिप्रेजेन्टेटिभ भन्ने बित्तिकै उम्दा तालिम प्राप्त, ब्यवहार कुशल, उच्च सम्मान दिन सक्ने, अनुशासित, सँधै राम्रो सफा लुगा लाउने, टाई सुटमा बस्ने, एक योग्य ब्यावसायिक पढेलेखेका ब्यक्तिहरुको जमात हो भनेर बुझ्नु पर्दछ । मेडिकल रिप्रेजेन्टेटिभले कहिले पनि आफुले प्राप्त गरेको औषधी सँबन्धी ज्ञान लाई सहि रुपमा प्रयोग गर्दै, ब्यवसाईक उन्नतीमा दत्तचित्त हुँदै, कहिले पनि उपचार गर्ने तर्फ त लाउनु हुँदैन ।

रोगको पहिचान गर्ने, उपचार गर्ने दाईत्व चिकित्सकको मात्र हो, मेडिकल रिप्रेजेन्टेटिभले आफ्नो प्रतिष्ठानको उत्पादनको प्रचार प्रसार चिकित्सक समक्ष मात्र गर्नु पर्छ भन्ने तथ्यज्ञान राख्नु पर्दछ । रवीराज मिश्रले आफु भित्र केहि अत्यन्त उपयोगी ब्यावसायिक गुणहरुपनि सँगालेर राखेको थियो, उस्को मित्र खडग बहादुर एम सी पनि उस्को तारिफ नै गर्दथ्यो ।

जस्तो कि, उस्ले आफुले कम्पनीको कामको लागि प्रयोग गर्ने छालाको ब्याग जस्लाई डिटेलिङ्ग ब्याग ( डी ब्याग) भनिन्छ लाई प्रतेक बिहानै सफसुग्घर गरी टलक्क टल्क्याउँथ्यो, आफ्नो छालाको जुत्ता चिटिक्क पार्थ्यो, लुगा राम्ररी प्रेस गरी राख्थ्यो, नुहाई धुवाई दार्ही काटेर तयार भई काममा निस्किन्थ्यो ।

उस्को रातो मोपेड पनि उस्को अभिन्न अँग थियो । बिहान सँधै आफ्ना कँपनीका ओखतीहरुको बारेमा पढथ्यो, पुनर्ज्ञान लिन्थ्यो । उक्त समयको एक नयापुस्ताका रुपमा उस्ले आफुलाई कर्मक्षेत्रमा बिस्तारै स्थापित गर्दै गई रहेको थियो । उस्को सोच आफुलाई त्यहि जागिरको उच्च ओहदा सम्म पुर्याउने पनि थियो ।

उ जहिले आफुलाई स्वस्फुर्त राख्न चाहथ्यो, यहि कारण ले गर्दा उस्ले काम गर्ने बहुराष्टृय प्रतिष्ठानले उस्लाई लगातार तीन पटक सुपर स्टारको रुपमा ठुलोसभा समारोह का बिच सम्मान पनि गरेको थियो । रवीको झण्डै छ बर्षको एम आर को रुपमा ब्यवसाईक सफलता हासिल गर्न गरेको मेहेनत परिश्रमले उस्लाई अघीको बाटो पहिल्याउन मदत गर्दै गयो ।

उस्ले पुरस्कारको रुपमा देश बिदेश घुम्ने मौका पायो, पैसा नि कमाउँदै गयो, आफ्नो ईज्जत आफै बढाँउदै गयो, साथिभाई आफ्ना सरोकारवालाका बिच चिनिने पनि भयो ।

एउटा प्रसँगमा, कलकत्ताको एक रुपैयाँ भा रु को अनि आफ्नै देशको दमक बजारमा खाएको भरपेट खाना अझै बिर्सदैन उ, तर कतिपय दिन भोकै काम गरेको सम्झना पनि छ उ सँग । कहिले पाँच तारेको खाना अनि कहिले झुपडीको दालभात चोखा । क्या गज्जबको अनुभव छ अझै उ सँग उस्को सब कन्सियस अनि कन्सियस मा पनि । उस्ले आफ्नो जिवनको एक अत्यन्त महत्वपुर्ण समय मेडिकल रीप्रेजेन्टेटिभको रुपमा आफुलाई स्थापित गरेको थियो, जस्मा अझै पनि उ गर्ब गर्दछ ।

  • 650
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...