कोभिड–१९ लाइभ अपडेट

All countries
176,102,484
संक्रमित
Updated on June 12, 2021 5:26 pm
All countries
158,309,723
निको भएका
Updated on June 12, 2021 5:26 pm
All countries
3,802,121
मृत्यु
Updated on June 12, 2021 5:26 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
176,102,484
संक्रमित
Updated on June 12, 2021 5:26 pm
All countries
158,309,723
निको भएका
Updated on June 12, 2021 5:26 pm
All countries
3,802,121
मृत्यु
Updated on June 12, 2021 5:26 pm

’बाहुबली’ का भल्लालदेव शनिबार विवाह बन्धनमा बाँधिंदै, पाहुनाहरुको कोरोना परीक्षण हुने

चर्चित भारतीय फिल्म ‘बाहुबली’ मा ‘भल्लालदेव’ को भूमिकामा अभिनय गरेका राणा दग्गुबाती आउँदो शनिबार विवाह बन्धनमा बाँधिंदैछन्।

उनी प्रेमिका मिहिका बजाजसँग ८ अगस्ट (२४ साउन) मा लगनगाँठो कस्दैछन्। बन्दाबन्दी (लकडाउन) कै बीचमा परिवार र निकट साथीहरुको उपस्थितिमा ’इन्गेजमेन्ट’ गरेका दग्गुबाती अहिले विवाहको तयारीमा जुटेका छन्।

एक अन्तर्वार्ताको क्रममा दग्गुबातीका पिता एवम् फिल्म निर्माता सुरेश बाबूले छोराको विवाह ८ अगस्टमा हैदराबादमा हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोनाभाइरस महामारीबीच हुन लागेको वैवाहिक कार्यक्रम भारत सरकारले जारी गरेको मापदण्ड अनुसार हुने पनि उनले बताएका छन्।

राणाले सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबूक र ट्वीटरमा केही समयअघि प्रेमिका विवाहका लागि राजी भएको भन्दै दुवै जनाको तस्वीर पोस्ट गरेका थिए। जसमा उनका प्रशंसक र फिल्म क्षेत्रका व्यक्तिहरुले बधाई दिएका थिए।

कोरोना महामारीका कारण विवाहमा फिल्म उद्योगभित्र र बाहिरका निकट व्यक्तिहरुलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। विवाहमा ३० जना मात्र पाहुना सामेल हुने र आउनेहरुको कोरोना परीक्षण गरिने बताइएको छ। विवाह तेलुगु र मारवाडी रीति-रिवाज अनुसार हुनेछ। – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ । कानुन व्यवसायीको...