कोभिड–१९ लाइभ अपडेट

All countries
41,040,619
संक्रमित
Updated on October 21, 2020 9:23 am
All countries
30,139,592
निको भएका
Updated on October 21, 2020 9:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 9:23 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,040,619
संक्रमित
Updated on October 21, 2020 9:23 am
All countries
30,139,592
निको भएका
Updated on October 21, 2020 9:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 9:23 am

रवीराज यानिकि मेडिकल रीप्रेजेन्टेटिभ

  • 286
    Shares

शरदचन्द्र ओझा, नेपालगँज-१४, भवनियापुर, बाँके

रवीराजको मेडिकल रीप्रेजेन्टेटिभ जिवनमा धेरै उतार चढाव आईरह्यो, उस्ले कठिन परिस्थिती देखी सहज समयको पनि अनुभव गरी रहनु परेको थियो ।

उस्को सहज समय होस अथवा उस्को कठिन अवस्था, उस्लाई सँधै साथ दिन्थ्यो उस्को त्यो झोलाले, त्यो झोला जुन आफैमा बिशिष्ठ थियो, त्यो झोलाभित्र उस्को जिवन चलाउने प्राणबायु थियो, उस्को फोल्डर र अर्डर प्याड थियो, उस्को केहि टिपोटहरु थियो, उस्को सबै थोक थियो ।

उ जता पनि हिँडथ्यो, उस्लाई उस्को पेशाले चिन्नेहरु धेरै हुन्थे, उस्को पहिरन, उस्को चाल, उस्को शिष्टताको तारिफ गर्नेहरु पनि त्यतिकै ।

त्यसो त कयौँ पटक उ सँग बिभिन्न घटनाहरु न घटेका होईनन, एकपटक रवीराज बिहान चार बजेनै उठेर सप्तरीको राजबिराजबाट सिराहा माडर ब्यवसायिक टुरमा जाँदै थिए, पुस माघको चिसो तराई कुहिरो लागेको, अनि बस खचाखच भरिएको, करिब आधा घण्टापछि महेन्द्र राजमार्गको रुपनी आईपुग्दा, उस्ले झल्यास्सै सम्झ्यो उस्को दार्ही काटने समानको सानो झोला त राजबिराजकै छिन्नमस्ता भगवती लजमै छुट्यो, सबैभन्दा ठुलो कुरो उ बस्ने मैतीदेवीको फ्लाटको पुरै साँचो पनि त्यहि सानो ब्यागमै थियो ।

हत्तपत्त उस्ले, कण्डक्टरलाई बिन्ती गर्दै बस रोकाई आफुसँग भएको ५ कार्टुन सामान र आफ्नो लुगाको झोला, डी ब्याग पनि त्यहिँ रुपनीमै ओराल्नु प¥यो, किनकी बस त उस्को लागि रुक्नेवाला छैन ।

त्यसबेलाको रुपनी, बिहानको अँध्यारोमा भर्खरै खुल्दै गरेको चिया पसलामा अनुरोध गरेर सामान राखी उ फेरी राजबिराज फर्किने बसको प्रतिक्षा गर्न थाल्यो, अनि राजबिराज गएर त्यो सानो ब्याग लिएर फेरी रुपनी पुग्दा त दिनको १२ नै बजी सकेको थियो, किनभने उक्त समयमा आजको जस्तो बसको सेवा निरन्तर हुने गर्दैनथ्यो ।

कुनै बेला उस्ले काठमाण्डौमा हिलोमैलो को समयमा टाई र सुटको साथमा ब्याग बोकेर हिँडेर मैतीदेवी देखी न्युरोड, खिचापोखरी, ईन्द्रचोक, महाँकालको साझा पोली क्लिनिकमा काम गरेको अहिले पनि सम्झिन्छ ।

पहिलो पटक रवीराजले झण्डै एक बर्षको बहुराष्टृय कम्पनीमा काम गरे पश्चात एउटा सेकेण्ड ह्याण्ड एम ८० बजाज स्कुटर किनेको थियो, बाँसवारी देखी मैतीदेवीसम्म पहिलो सवारी गर्दा कति स्थानमा त उस्ले बाटोको मेसो पनि पाउन सकेको थिएन, त्यसदिन खुशीले उस्को भुँईमा खुट्टो पनि थिएन ।

उ धेरै खुशी थियो, तर स्कुटर आए पछि ब्यवसायिक कामका साथै उस्को समाजसेवा पनि उतिनै बढेर गएको थियो । उस्का मित्रहरुलाई बिभिन्न बहानामा उस्को मोपेड चाही नै रहन्थ्यो, तेल उस्को घुमाई अर्काको । ५० रुपैयाँ लिटर तेल झण्डै कहिले त दिनमा २/३ लिटर सकिन्थ्यो ।

अच्छा, पहिलो सालको बोनसबाट उ र उस्को साथि राम कार्की साथै गएर दश हजार रुपैयाँ तोलाको एक तोले सुनको सिक्री किनेको सम्झना अझै उस्को मानसपटलमा छ ।

१२०० सयको तीन कोठे फ्लाट, ४० रु केजीको नुवाकोटे चामल, साग ३ को मुठा, दाल २०(२५ सम्म, साझा बसको गुन्द्रुके यात्रा अझै बिर्सेको छैन उस्ले । तिनवटा बसमा अटनु पर्ने यात्री, एउटै बसमा कोचेर हिँडाउँदा उस्ले भर्खरै ईस्त्री गरेर लगाएको बुसर्ट र पाईन्टको जुन जात्रा हुन्थ्यो, उस्को मन धुरुधुरु रुन्थ्यो ।

एउटा फरक प्रसँगमा, उ र उस्का मित्रहरु एक पटक अफिसियल बैठकका निमित्त तत्कालिन शाही नेपाल बायुसेवा निगमको बिमान बाट ईण्डियाको नया दिल्ली जानलाई काठमाण्डौको एयरपोर्ट पुग्दा तिन्को बिमान उडीसकेको थाह पाए, त्यस्मा गल्ती उनीहरुको नभएर बिमानकै टिकट काट्ने कर्मचारीले अन्यथा समय उल्लेख गरीदिएकोले, ब्यवस्थापनले थिम्पुबाट दिल्ली जाँदा तेल भर्न भनी बसालेको ड्रुक एयरमा तिनिहरुलाई बसाल्दिन्छन ।

प्रसँग सम्झिन लायक के छ भने, ड्रुकले दिने खाजा जत्तिको स्वादिलो थियो, भुटानको पत्रीका क्विन्सेलमा,त्यहिँ बस्ने नेपालीभाषीहरुलाई आतँकबादी भनेर लेखेको पढदा मन खिन्न भएको थियो ।

त्यसबेला कयौँ नेपालीभाषीहरु पलायन गरेर शरणार्थीको रुपमा झापाको क्याम्पहरुमा बस्दै आएको रवीराज र उस्का मित्रहरुले आफ्नै आँखाले देखेका थिए ।

एउटा मेडिकल रीप्रेजेन्टेटिभको रुपमा रवीराजले, धेरै नैतिक शिक्षाहरु पनि प्राप्त गरेको थियो । उस्ले सँधैभरी आफुलाई अनुशासित राख्नु पर्दथ्यो, उस्को बिशेस काम चिकित्सक महोदयहरुसँग भेटघाटमा प्रडक्ट प्रमोसनको हुने भएकोले उ मृदुभाषी थियो, उ समयको पावन्द थियो भने उस्लाई झुठो आश्वासन कसैलाई दिनुहुन्न भनेर सिकाईएको पनि थियो ।

उस्लाई आफुले मार्केट प्रमोशन गर्ने सबैजसो ओखतीहरुको राम्रै ज्ञान थियो, उ तथ्यगत कुरो गर्न खप्पिस थियो । काममा बिशेस मन लगाउने उस्ले लामो यात्रा र पर्खाईको समयको साथिको रुपमा हेरल्ड रोबिन्सका नावेल हरुलाई पाएको थियो ।
कामकै दौरान उस्ले भोजपुरी, मैथिली, हिन्दी पनि राम्ररीनै बोल्न सिकी सकेको थियो ।

मात्रीभाषा नेपाली र डोटेली त उस्लाई पहिले देखिनै आउँथ्यो भने केहि किताबले, केहि शिक्षाले, केहि कम्पनीले उस्लाई अङ्ग्रेजी बोल्न नि सिकाईदिएको थियो । यो उस्को आफ्नो देश भित्र बोलिने भाषाहरुको प्रतीको आफ्नोपन र सिक्ने तिब्र ईच्छा पनि थियो ।

साँचचै अर्थमा भन्नुपर्दा नेपाल सुन्दर देश हुँदा हुँदै पनि यस भित्र बोलिने सबैजसो भाषा,पहिरन, रितीरिवाज, खानपानको छुट्टै बिशेशता छ, त्यसैले होला, बिदेशी पनि यस्को तारिफ गरेर थाक्दैनन ।

यसरी हुँईकिदै गएको रवीराजको जिवनमा काम पछिको समयमा अरु केहि खाशै सोच्ने फुर्सतनै हुँदैनथ्यो, उस्ले जहिलेपनि आफुलाई सुक्ष्म बिश्लेसक र भविश्यको चिन्तकको रुपमा तयार राख्नु पर्दथ्यो ।

उ देशको सम्भवत दोश्रो पुस्ताका साथै आफ्नो प्रदेसको पहिलो पुस्ताको रीप्रेजेन्टेटिभ भएकोमा, र त्यस्मा पनि सरकारी सेवाको जागिर छोडेर यस तर्फ आएकोमा आफुलाई घमण्डनै गर्दथियो, उस्लाई अघिल्ला दिनहरुमा बिचलित गर्ने कयौँ हुन्थे, तर कसैको कुरोको खासै वास्ता नगर्दै, ईश्वरको बरदानको रुपमा पाएको यस जिवनलाई आफ्नै तरिकाले धन्य बनाउन उ कटिबद्ध थियो ।

पिताजी, दिगम्बर प्रसादले एक पटक उस्लाई सरकारी नौकरी छोडेर तैले राम्रो गरिनस भन्छन त माईला, भनेर सोद्धा उस्ले आफु जहाँँ रहे पनि त्यहिँको बिशिष्टता देखाउनेछ भनेर उन्लाई बचन दिएको थियो, सायद उन्कै आशिर्बादले होला रवीराज सँधै एक अब्बल मेडिकल रीप्रेजेन्टेटिभको रुपमा उस्को आफ्नो कम्पनी र सँघसँस्थाहरुमा सम्मानित पनि हुने गर्दथ्यो ।

कती त उन्लाई, सँधै टुर सँधै तनाव के हो यस्तो पारा भनेर पनि भन्दथे, तर उस्ले यस्ता प्रश्न र तर्कहरुलाई आफ्नो प्रगतीको कोशेढुङ्गा ठान्दथ्यो ।

काठमाण्डौ देखि पुर्ब पश्चिम अनि ईण्डियासम्मको ब्यवसायिक यात्रा गरी रहनु पर्ने उस्को जिवनमा महिना आएको र गएको भर्खरै हो जस्तो हुन्थ्यो । कहिले कलकत्ता धर्मतल्लाको चना र उसिना भात, कहिले पटनाको मारवाडीवासाको कढी रोटी भातको थाली, कहिले पोखराको थकाली खाना त कहिले राजमार्गका झुपडीका स्वादिष्ट खाना उस्लाई मन परेकै हुन्थ्यो ।

बिरगँजमा बिहानैको सातु, त्यसपछि महाबिरस्थानको कचौरी तरकारी जिलेबी, भाण्टाबारीको केरा, धरानको किनिमा, बुटवलको तन्दुरी रोटी दालफ्राई, नेपालगँजको रवडी सँधै उस्को प्रियनै रहे ।

एक्लो बसाईको दौरानमा कयौँ पटक कामको चटारोमा केटाकेटीले खाने उस्कै कम्पनीको अर्को डिभिजनको उत्पादन फेरेक्स घोलेर खाएको सम्झना पनि ताजै छ रवीको मनमस्तिस्कमा । साँझको पानीले रुज्दै आएर्, अल्छि पाराले बिहानको खाएर बचेको भातलाई तेल र नुन सँग मज्जाले खाएको कहिले बिर्सदैन उ ।

उस्का सँगै बजारमा काम गर्ने साथिहरुपनि उ जस्तै मेहनती थिए, उनिहरु रातमा ढिलोसम्म कुरेर पनि आफ्ना लिस्टका प्रमुख चिकित्सकज्युहरुलाई भेटने गर्दथे, यस्मा उन्लाई कुनै उदेक थिएन, उनीहरुको प्रमुख कार्यनै यहि भएकोले उनीहरु यस्मै रमाउँदथे ।

एक अर्कालाई सहयोग भावराख्ने उनीहरु चेम्बर भित्रमात्र प्रतिद्वन्दी हुन्थे । तैपनि मनको कुनै कुनामा साथिको सफलताको पनि कामना रहेको हुन्थ्यो ।

कर्णाली नदीमा पुल बनेको थिएन, नेपालको बाटो न जान सकिएर नेपालगँजबाट धनगढी जाँदा, ईण्डियाको बाटो हुँदै गौरीफण्टा निस्किनुपर्थ्यो । बाटोमा उताका पुलिसले दुख पनि दिन्थे । अझ सेम्पल औषधी त देख्नै नहुने, सार्हो केरकार गर्थे, वाक्कै पार्थे । छोटीलाईनमा दुगुर्ने त्यो रेलको गती पनि ढिलोनै हुन्थ्यो ।

नेपालगँज रुपैडिहा बुग्गी, रुपैडिहा नानपारा बस, ननपारा पलिया रेल, पलिया गौरीफँटा बस, अनि गौरीफँटा धनगढी रिक्सा गरेर बल्ल बेलुका मात्रै पुगिन्थ्यो । लखतरान शरिर, दिनभरी रेलमा पाईने समुसा चियाको आहार, ठेलमठेल गर्दा थकित भए पनि मन भोलीको कामको जोखो मिलाउन तिर लागेको हुन्थ्यो ।

उतीबेला कर्णालीपारी प्राय औषधीका थोक ब्यापारी थिएनन, ईण्डियाको पलिया अनि उता खटिमातिर बाट ल्याएर खुद्रा ब्यापारीहरुले बेच्ने गर्थे । रवीराजले यस्तै ओहोर दोहोरका बिच एक भद्र ब्यापारीलाई आफ्नो कम्पनीको थोक ब्यापार को आधिकार दिलाई काम शुरु पनि गराएका थिए ।

एउटा सुखद प्रसँगमा, उ एकपटक कम्पनीको तर्फबाट सुपर स्टार घोसित भई ईण्डियाको पर्यटकियस्थल गोवा पुग्दछ, गोवा समुद्र किनारको सुन्दर शहरको पाँचतारे होटेल फोर्ट अगोडा पनि आफैमा त्यतिनै सुन्दर, सयौँ बिगाहा जतिमा फैलिएको, ससाना कटेज सहितको उक्त समुद्र किनअरको रेसोर्टमा उस्को कम्पनीले उ लगायत अन्य सबै सुपर स्टार र स्टार हरुलाई एक बिशेस समारोहका बिच सम्मानित गर्दछ ।

त्यो बिशिष्ट समयको याद उस्लाई आउने नै भयो, दोश्रो दिन होटेलको लबीमा बसी राख्दा दुईजना होटेलकै कर्मचारीलाई नेपाली भाषामा कुरा गरेको सुन्दा अचम्मै लागेको थियो ।

पछि बुज्दा उनीहरु कामको खोजीमा नेपाल बाट त्यति टाढा गोवा आएको भनी सुनाएका थिए । ति नेपालीहरुले पनि रवीको कम्पनीबाट सम्मानित हुनेहरुमा नेपालीहरु पनि रहेको सुन्दा खुशी लागेको अनि तिन्ले रवी लगायत अन्य नेपालीलाई बधाई पनि सुनाएका थिए ।

  • 286
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...