कोभिड–१९ लाइभ अपडेट

All countries
41,055,806
संक्रमित
Updated on October 21, 2020 1:27 pm
All countries
30,148,489
निको भएका
Updated on October 21, 2020 1:27 pm
All countries
1,129,845
मृत्यु
Updated on October 21, 2020 1:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,055,806
संक्रमित
Updated on October 21, 2020 1:27 pm
All countries
30,148,489
निको भएका
Updated on October 21, 2020 1:27 pm
All countries
1,129,845
मृत्यु
Updated on October 21, 2020 1:27 pm

लघु कथाः मेरी ईजा रुख चढी रैछिन ?

  • 54
    Shares

शरदचन्द्र ओझा
नेपालगँज–१४, भवनियापुर

सुस्केरा हाल्दै बिन्दे बिस्तारै बिस्तारै महेशपुरको ओरालो झरी रहेको छ । उस्को हिँडाईमा आज एक अर्कै उर्जा थपिएको थियो, कारण उ आज आफ्नो बालसखा देवेन्द्रलाई लिन नजिकको घोप्टे बजार आको थियो । झण्डै आधी बाटो पुगेर सिलिङ्गाको छहारीमा एकक्षण बिश्राम गर्दा उस्ले देवेन्द्रलाई केहि सोद्छ ।

बिन्देः मुख्यौ, भौतझाई पहाड आया ? क्याई इसो माया मार्या ( मुखिया साब, धेरैपछि पहाड आउनु भो त ?, किन यस्तो माया मार्नु भाको त )

हेर बिन्दे, म यहाँबाट धेरै टाढा अमेरिका पढन भनेर गाको थिएँ ? ईतिहासको बिषयमा उच्च अध्ययन गरेर यता फर्केको ! तिम्रो र अरु साथिको धेरै याद आउँथ्यो तर म बिवश थिएँ । अब पढाई सकेर यतै बसी, आफ्नो कामको अध्ययन अनुसन्धान गर्छु भनेर सोच बनाएर आको । मलाई हामीले सँगै खेलेको होरी अहिले पनि याद छ ।

“ईस ब्यापारीको प्यास लगि है, पानी पिलाईदे नथवाली झुकी आयो शहरमे ब्यौपारी ।“ आहा कति रमाईलो हुन्थ्यो है, चिरको वरिपरी घुम्दै गाउदै रमाउँदा । हेरन बिचमा एकपटक नेपाल आउँदा, आउने सोच पनि थियो, तर मल्लागाउँका चुडेकाकाले रोक्दिनु भाथ्यो, त्यो बेला गाउँगाउँमा को नया आयो भनि माओबादीहरुले चासो लिन्थे रे ? परि आए समातेर लान्थे रे भनेर उतै बसियो ।

अनि बिन्दे और गाउँमुँडी कसा छन, सार्है भेट्ने मन लागेको छ, ति साथिहरु रोशन, टम्के, नन्दु, गोरे, तिखुरे, रमा, ईश्वरी, बिर्ख बहादुर । के छ त तीनको खबर ।

बिन्देः सबै त अचेल यता छैनन, रमाको बिहे तराईकै रतनपुर भन्ने गाउँमा भएको छ, उ एकपल्ट नौरथानमा आकी थिई । टम्के र गोरे त्यहिबेला माओबादीमा लागेर गएका थिए, अझै कहाँ गए, कसा छन्, क्यै पत्तो नाई । ।

बिर्खे गडीतिर सानो दुकान चलाउन्नाछ, उईको पत्रीकाको दुकान छ, उ त दुकानदारी होईरैछ, हा हा हा हा । ।
यसरी गफिदै उनिहरु बिस्तारै तल झर्छन, सानो जँगल अनि काठो ( भिर) काटिए पछि उस्को गाउँको घरहरुका छाना देखिन थाल्छन, उ सार्है खुशी हुन्छ, आवेगमा एकपल्ट उफृन्छ ।

जसै गाउँ नजिक पुग्छ उ, उस्ले त्यो प्यारो नौलो ( ढुङ्गेधारा) देख्छ, अनि उस्को प्यासा मन उतै कुदछ । बर्षौदेखि प्यास लागेको एउटा भटकिएको बटुवाझै अन्जुलीको धार बनाई घट्घट उ पिउनथाल्छ त्यो अमृतसरी शितल जल, त्यो जल जुन उस्का पुर्खाले पनि पिउँथे, जुन सदियौ देखी निरन्तर बगीरहेको छ ।

पानी पिउँदै उ सोच्छ, यदि यहाँनै सबैथोक ठिका हुँदो हो त, यहि पढाई लेखाई रोजगारको ब्यवस्था हुँदो हो त, कदापी यो स्वर्गसरी भुमी चट्ट छोडेर मेरा बाउबाजे तराई न झर्दा हुन । यहि गाउँमै सन्तान दर सन्तानको बास हुँदो हो । प्रकृती र प्राकृतिक सम्पदाको बिच, हामी कति सुखी हुँदोहौँ ।तर के गर्ने, हाम्रो मुलुकमा यस प्रश्नको जवाफ कल्लेदिने, अझै कति सयबर्ष लाग्ने हो, हामी युरोप बन्न, अथवा अरु बिकसित राष्ट्रझैँ सिँगारिना । ।

यसो भन्दै पानीले तृप्त भएपछि उ एकपल्ट आफ्नो पुर्खौली भुमीलाई निहुरेर डण्डवत प्रणाम गर्छ, उस्को आँखाबाट बलिन्द्र अश्रु बग्न थाल्छन, यो दुख खुशी अनि सबै भावनाहरुको मिश्रीत आँसु उल्ले चाहेर पनि रोक्न सक्दैन । उ अव आफ्नो पुर्ख्यौली घरको दलिनमा पुग्छ, त्यहाँ उस्को परिवारको कोहि बस्दैन अचेल । बर्षौँ भई सक्यो पुरै खानदानलेनै त्यो बमतोला गाउँ छोडेको । उस्को त्यो चारपाखे घर उस्लाई देख्ने बित्तिकै प्रश्न गर्दैछ भन्ने भान हुन्छ उस्लाई, घरले सोद्धै थियो किन बिर्सेको यो पुर्खाको भुमी, किन चटक्कै माया मार्यौ, तिम्रो परिवारले । किन किन भन तिमी, तिमीले यो प्रश्नको उत्तर दिनु पर्छ ।

यत्तिकैमा पछाडीबाट देवेन्द्र तुई आए बा भनेको बृद्ध आवाज सुन्छ, फर्केर हेर्दा उस्ले आफुलाई बचपनमा औधी माया गर्ने तल्लाघरे टुमाका गोपाल काकालाई देख्छ, पहिले हट्टाकट्ठा देखिने गोपालका त अलि खस्केछन । उ झटपट्ट समिप गई ढोग दिया का, कसा छौ भन्छ । काकाः निकोई छु ला चेला, देब्तानका प्रसाद बाँचीरेउँ । देवेन्द्रः काखी कसा छन पुई ?

( काकी कस्तो हुनुहुन्छ) । गोपालः निकी छ ला, तुई आफै झानैनी ब, भेट्ट । ( राम्री छ, तिमी आफै जाउ न त भेट्न भन्छन्) । अलिकबेर गाउँको त्यो गोरा खला ( गोरा पर्ब मनाईने आँगन) मा सुस्ताउँदै, सबै तल्लामल्ला घरहरु तिर हेर्दै खुशी हर्ष बिश्मित भावनाहरुसित आफुआफै बोल्दै नजिक आएका हरुसित आदरी कुशली गर्दै रमाउँछ देवेन्द्र ।
गाउँको उपल्लो छेउको कुचेथला मा उस्को अर्को बचपनको मित्र सोहन खत्रीको घर थियो । सोहनकी ईजा ( आमा) , गौरी काखीले बनाएको सया( चामलको पिठोको हलुवा जस्तै गुलियो परिकार) उल्लाई सार्है मन पर्थ्यो । उ सोहन अनि गौरी काखीलाई भेट्न भनि, कुचेथला तिर लम्किन्छ, बिन्दे पनि उस्को साथै लाग्छ । आज बिन्दे कुनै हालतमा आफ्नो बालसखालाई एकपल छोडने वाला छैन ।

कुचेथलाको सोहनको घर निर पुगी, उल्ले सोहन सोहन भनेर बोलाउँछ, भित्रबाट एउटा लक्का जवान मानिस बाहिर निस्किन्छ अनि देवेन्द्र तिर नियालेर हेर्छ । यता देवेन्द्रले पनि त्यो मानिसको अनुहारमा आफ्नो मित्र सोहनलाई खोज्दैछ, दुबै एकैफेर एकअर्काको नाम लिएर उफृन्छन, गला मिल्छन । धेरैबेर पछि उनीहरु त्यो भावनाको अँगालोबाट बिस्मयाबोध भई बोल्न सक्ने हुन्छन ।

अरे देवेन्द्र, काँ थे दोस्त, भौत झाँई आए ईथ, हम्ले त अमेरिकाझाई हम्लाई भुल्गे जसो ठार्थे ? ( अरे देवेन्द्र काँ थियौ यत्रो तिमी, हामीले त अमेरिका गई हाम्लाई बिर्स्याउ भन्ने सोच्या थियौँ) ।

देवेन्द्रः होईन मित्र म त अब केहि महिना यतै बस्छु, अब मैले पढेको बिषय मिल्दो केहि अनुसन्धानको काम गर्छु, तिमीले मलाई सहयोग गर्नु पर्छ है ।
सोहन्ः क्याई नाई, अवश्य गर्ला ब ।
देवेन्द्रः काखी ( काकी) कहाँ छन ? देखिन त !
सोहनः अरे कि भुन्ने है ला दोस्त, मान्ना नाई मेरी ईजा त भेउलो रुख चढी रैछिन, उनरो गोर्बच्छान कि ल्या पात हाँगो काट्ट ।

( अरे के भन्छौ मित्र, मेरी आमा त भेउलको रुखमा गाई बाच्छाको लागि भनेर पातला हाँगा र पात काट्न गा छिन) ।
देवेन्द्रः हिट उझानौ( हिन त उतै जाउँ बरु) ।

नभन्दै गौरी काकी त बडेमाको रुखको टुप्पोमा पुगी, झ्याप झ्याप हाँगा काट्दै झार्दै थिईन ।
देवेन्द्रः ढोग दिया काखी, मुई ठुलो घरो देवेन्द्र हुँ, पच्याँडा ब ? ( काकी म देवेन्द्र हुँ, चिन्नु भो । ढोग गरेँ) ।
गौरी काखी माथी बाटै ः एला चेला कब आए, निको छै त, तेरा ईजा बाबा भाई बुईना कसा छन, भनेर भन्छिन ।( ए छोरा कहिले आयौ, ठिक छौ, तिम्रो बुवा आमा भाई बैनी कस्ता छन)

देवेन्द्रः सब ठिक छन काखी । झट्ट तल आस, हिट मुईलाई सया बनाई खोया, तमरो हातो सया खाने सारोई डगन लागि रैछ । ( झट्ट तल आउनुस, हुन्नुस मलाई तपाईको हातको सया खाने सार्है मन लागेको छ) ।
गौरी काकीः हिट पुई हिट, मुई अल्लै आईगयौ भनेर जोरले हाँस्छिन ।

यसरी देवेन्द्रको यसपालीको आफ्नो पुर्खाको भुमीको छोटो बसाई बिछट्टै रमाईलो र यादगार पुर्ण हुने वाला छ ।

  • 54
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...