कोभिड–१९ लाइभ अपडेट

All countries
194,070,340
संक्रमित
Updated on July 24, 2021 12:19 pm
All countries
174,437,050
निको भएका
Updated on July 24, 2021 12:19 pm
All countries
4,160,337
मृत्यु
Updated on July 24, 2021 12:19 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
194,070,340
संक्रमित
Updated on July 24, 2021 12:19 pm
All countries
174,437,050
निको भएका
Updated on July 24, 2021 12:19 pm
All countries
4,160,337
मृत्यु
Updated on July 24, 2021 12:19 pm

कर्णालीमा मानव अधिकार सहायता कक्ष स्थापना

सुर्खेत-जोखिममा परेका मानव अधिकार रक्षक तथा गम्भिर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाका पीडितको उद्धार, राहत, पुनर्स्थापना र आवश्यक सहयोग पु¥याउने उद्देश्यले बुधवार मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाको आयोजनामा अधिकारकर्मी, नागरिक संस्था तथा सञ्चारकर्मीहरूको उपस्थितीमा सात सदस्यीय समिति रहने गरी मानव अधिकार सहायता कक्ष स्थापना गरिएको हो ।

समितिका सदस्यहरूमा उच्च अदालत वारका अध्यक्ष उत्तम आचार्य, वामका कार्यकारी निर्देशक मधुरानी ढकाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति महासचिव दीपेन्द्र शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा, समाज जागरण केन्द्र (स्याक) का कार्यकारी निर्देशक टिकाराम आचार्य, दलित महिला संघ सुर्खेतकी सचिव खगीसरा वली र इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रलेख अधिकृत टीका विष्ट रहेका छन् ।

मानव अधिकार सहायता कक्षको पर्यवेक्षकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त निर्देशक रमेश कुमार थापालाई राखिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भयो । संयोजक सुवेदीले सहजीकरण गरेको कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सरीता पुरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकार सहायता कक्षको निर्देशिका बारे जानकारी दिनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त निर्देशक थापाले मानव अधिकार संरक्षण सम्बर्द्धनमा आयोग र इन्सेक सहकार्य गर्दै आएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सहभागीहरुले मानव अधिकार सहायता कक्षको दिगोपनाको आवश्यक्ता रहेको चर्चा गर्दै मानव अधिकार उलंघन तथा ज्यादतिका घटनाबारे सबैको धारणा एक हुनुपर्नेमा जोड दिएका थिए ।इन्सेकअनलाईनबाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...