कोभिड–१९ लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

गाईबाधे–लिपना सडक कालोपत्रे हुँदै

डडेल्धुराः डडेल्धुराको गाईबाधे–लिपना सडक कालोपत्रे हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना दैजी–जोगबुडा–चिरकिट्टे–बेलापुर–ढुंगाड–देउरा सडक योजना अन्तर्गत जिल्लाको भित्रीमधेसमा पर्ने गाईबाधे–लिपना खण्ड कालोपत्रे हुने भएको हो ।

बुधबार एक कार्यक्रमकाबीच प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले उक्त सडकको कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका छन् । लिपना–गाइबाधे खण्डमा पूर्वाधार विकास कार्यालय डडेल्धुराले गत आर्थिक वर्ष २०७६/०७७ मा ११.५ किमी सडक कालोपत्रेका लागि टेण्डर आह्वान गरी सम्झौता गरेको थियो ।

यस योजनाको कूल लागत ३७ करोड ६१ लाख ९ हजार ९ सय ५ रुपैयाँ छ । उक्त सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी धनगढी, कैलालीसँग २१ करोड ३६ लाख १ हजार ५ सयमा सम्झौता भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

उक्त सडक कालोपत्रेको काम तीन वर्षमा सक्नुपर्ने सम्झौता छ । सडकको कुल चौडाइ नालीसहित ८ मिटर हुनेछ । सडक सिलन्यास गर्दै मन्त्री बोहराले प्रदेश स्तरका सडक निर्माण द्रुत गतिले अगाडि बढ्ने आश्वासन दिएका छन् ।

आफूले निर्माण कम्पनीका संचालकलाईसमेत समयमै काम सम्पन्न गर्न सुझाव दिएको बताउँदै सडक निर्माणको काम समयमै सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । गाईबाधे–लिप्ना सडक दुई जिल्ला जोड्ने सडक भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै मन्त्री बोहरा सडक निर्माणपछि उद्योग तथा व्यापारको क्षेत्रमासमेत लाभ पुग्ने बताएका छन्।

छिमेकी जिल्ला जोड्ने सबैभन्दा छोटो रुडको रुपमा रहेको गाईबाधे–लिप्ना सडकले परशुराम नगरबासीको व्यापार र किसानहरुको कृषिजन्य उत्पादनपारले बजार पाउने नेकपा परशुराम नगरपालिका अध्यक्ष शेरसिंह मालले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...