कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

वेदकोट नगरपालिकालाई प्रदेश स्वास्थ्य सेवा पुरस्कार

  • 9
    Shares

महाकाली अस्पतालका मेसु श्रेष्ठ र दोधराचाँदनी स्वास्थ्य केन्द्रका डाक्टर चौधरी सम्मानित

महेन्द्रनगर – कञ्चनपुरको वेदकोट नगरपालिकालाई जिल्लाकै उत्कष्ट स्थानीय तहको रुपमा पुरस्कृत भएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा जिल्लाकै उत्कृष्ट सेवा सम्पादन गरेको भन्दँै वेदकोट नगरपालिका प्रदेश स्वास्थ्य सेवा पुरस्कारद्धारा सम्मानीत भएको हो ।

शनिबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजनामा आयोजित कार्यक्रममा स्वास्थ्य सँग सम्बन्धित स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका प्रत्येक जिल्लाका उत्कृष्ट स्थानीय तहहरुलाई सम्मान गरेको हो । जसमा कञ्चनपुरका ९ वटा स्थानीय तहमध्ये वेदकोट नगरपालिका छनौट भएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश स्वास्थ्य सेवा पुरस्कार सहित सम्मान पत्र वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दलाई हस्तान्तरण गरेको छ । साथै नगद पुरस्कार ४० हजार को चेक समेत प्रदान गरे ।

स्वच्छ, सबल, भेदभाव रहित समाज, गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेशको आवाज भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठि–२०७७ धनगढीमा सम्पन्न भएको छ ।
समिक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु हुने स्थानीय तह स्वास्थ्य संस्था र कर्मचारीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

महाकाली अस्पतालका मेसु श्रेष्ठ सम्मानीत

महेन्द्रनगरस्थित महाकाली अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर हरिकुमार श्रेष्ठ प्रदेश स्वास्थ्य सेवा पुरस्कारद्धारा सम्मानीत भएका छन् । शनिबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजनामा आयोजित वार्षीक समिक्षा गोष्ठी कार्यक्रममा मेसु श्रेष्ठ सम्मानीत भएका हुन् ।

लामो समयदेखि महाकाली अस्पतालमा सेवारत डाक्टर श्रेष्ठले अस्पतालका सेवा सुधार तथा विस्तारमा महत्वपुर्ण भुमीका निर्वाह गर्दैँ आएका छन् । त्यस्तै अस्पतालमा कार्यरत प्रयोगशाला प्रमुख प्रेम नारायण शर्मा र कर्मचारी शारदा बोहरा समेत पुरस्कृत भएका छन् ।

दोधराचाँदनी स्वास्थ्य केन्द्रका डाक्टर चौधरी पुरस्कृत

कञ्चनपुरको माहाकाली नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका कार्यरत डा. गगन कुमार चौधरी पुरस्कृत एंवम् सम्मानीत भएका छन् ।

शनिबार स्वास्थ्य निर्देशनालय डोटीले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनीमा कार्यरत डाक्टर चौधरी लाई सम्मान गरिएको हो । २०७५ सालबाट माहाकाली नगरपालिका दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सेवारत रहेका चौधरले स्वास्थ्य केन्द्र सुधारका लागि उल्लेखनीय काम गर्दै आएका छन् ।

जनता र स्थानीय सरकारको निकै विश्वास जितेका चौधरीले यस्तो सम्मान पाउनु स्वास्थ्य केन्द्र का लागि गर्वको विषय भएको छ । दोधारा चाँदनी स्वास्थ्य केन्द्रबाट दैनिक १५० देखि २०० जना विरामी दैनिक सेवा लिने गरेको छन् । दैनिकजसो २४ घण्टा सेवामा खटिने गरेका डा. चौधरीलाई सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले सम्मान पत्र सहित नगद २० हजारले पुरस्कृत गरेको हो ।

यस्ता छन् वेदकोटले गरेका स्वास्थ्य सेवा सुधार कार्यक्रम

कञ्चनपुरको वेदकोट नगरपालिकाले थानीय सरकारको नेतृत्व पाएसँगै विकास निर्माणका कार्यले गति लिएको छ । संघिय राज्य व्यवस्थाअघि विकासमा पछाडी रहेको वेदकोट नगरपालिकाले अहिले चौतर्फी विकास निर्माणमा फड्को मारेको छ ।
विशेश गरि नगरपालिकाले भौतिक पुर्वाधारका संरचना निर्माणसँग शिक्षा, स्वास्थ्य लगायतको संवेदनशिल सेवालाई प्रभावकारी बनाउदैँ लगेको छ । स्थानीय तहको निर्वाचन अघि साविकको सुडा र दैजी गाँउपालिकमा दुई वडा मात्रै स्वस्थ्य चौकी थिए । भने हाल नगरपालिकाका सबै वडामा स्वास्थ्य चौकीसँगै आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ ।
नगरपालिका प्रमुख अशोक कुमार चन्दले स्थानीय तहको नेतृत्वमा आईसकेपछि स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेरमा प्राथमिकतमका साथ स्वास्थ्य कार्यक्रम अगडी बढाएको बताए । उनका अनुसार नगरपालिकाको ३ र ७ नम्बर वडामा मात्रै स्वास्थ्य चौकी रहेकोमा हाल नगरपालिकाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले भौतिक संरचना निर्माण कार्य पनि तिव्रताका साथ अगाडी बढाएको छ ।

वडा नम्बर २,६,५,७ र १० मा स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण कार्य भईरहेको छ । त्यस्तै नगरपालिकाले सेत्केरीको सहततका लागि बर्थीङ सेन्टरको स्थापना गरेको छ । वनजात शिशु, नगर स्वागत कार्यक्रम अन्र्तगत सबै सुत्केरीले स्वास्थ्य सेवाको पहुचमा पु¥याउन नगरपालिकाले एक हजार भत्ता दिने व्यवस्था गरेको छ ।

त्यस्तै स्थानीयलाई नगरमै सहज स्वास्थ्य सेवा दिन नगरपालिकाले ५० शैया नगर अस्पताल बनाउने परिकल्पना अघि सारेको छ । नगर प्रमुख चन्दका अनुसार नगर अस्पताल बनाउन भौैतिक संरचना निर्माण कार्य अगाडी बढाईएको छ । अस्पताल भवन निर्माणका लागि टेण्डर पक्रिया सुरु गरिएको छ ।

नगर अस्पताल निर्माणका लागि जयशंकर सामुदायिक वन क्षेत्रमा आवश्यक जग्गामा पर्खाल निर्माण गरि घेरबार गरिएको छ । नगरपालिकाले सबै स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा स्यानिटरी प्याडका भेडिङ् मेसिन जडान गरेको छ । स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन दुई वटा रेडक्रसका भवन निर्माणको क्रममा छन् । भने स्वच्छ खानेपानिको सुविधाका लागि १५ वटा खानेपानिका योजना निर्माणको चरणमा छन् । दुई वर्ष भित्र नगरमा पुर्ण खानेपानिको सुविधा पुग्ने नगर प्रमुख चन्दको भनाई छ ।

‘हामिले स्वास्थ्ग संवेदनशिलताका ध्यानमा राखेर प्राथिकताका साथ योजना अगाडी बढाएका छौँ ।’ नगर प्रमुख चन्दले भने ‘नगरवासिलाई सहज र शुलभ स्वास्थ्य सेवा दिने नगरको प्रतिवद्धता हो ।’
त्यस्तै नगर एम्बुलेन्स र शव वहान यसै आवमा खरिद गर्ने नगरपालिकाको योजना छ ।

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...