कोभिड–१९ लाइभ अपडेट

All countries
41,055,806
संक्रमित
Updated on October 21, 2020 1:27 pm
All countries
30,148,489
निको भएका
Updated on October 21, 2020 1:27 pm
All countries
1,129,845
मृत्यु
Updated on October 21, 2020 1:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,055,806
संक्रमित
Updated on October 21, 2020 1:27 pm
All countries
30,148,489
निको भएका
Updated on October 21, 2020 1:27 pm
All countries
1,129,845
मृत्यु
Updated on October 21, 2020 1:27 pm

सुशासन र समृद्धीको सहयात्रा संगै अब हामी तेस्रो वर्षमाः प्रकाशक, कञ्चन टुडे दैनिक

  • 48
    Shares

कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहनेगरी २०७५ असोज २६ गतेका दिनबाट ‘कञ्चन टुडे’ नाममा दैनिक अखबार बजारमा आएको आज दुई वर्ष सफलताका साथ पुरा गरेका छौ । जिल्लाबाट प्रकाशित हुने र यसै प्रदेशका अन्य जिल्लाबाट प्रकाशित हुने मात्र होइन् राष्ट्रियस्तरका पत्र–पत्रिकाहरुको समेत अहिले बजारमा सहज पहुँच छ ।

यति हुंदाहुंदै पनि जनताको सूचनाको पहुंचलाई अझ बढाउने उद्देश्यका साथ कञ्चन टुडेको प्रकाशन शुरु गरेका हौं । देशमा संघीय गणतन्त्रको स्थापना भई लोकतन्त्रको उच्चतम् प्रयोग गर्ने चरणमा पुगेको अवस्थामा कोभिड–१९ को संक्रमणले थप चुनौती थपेको छ । संघीयताको अवधारणा अनुसार प्रदेश र स्थानियस्तरमा समेत जनताबाट निर्वाचित सरकारहरु क्रियाशिल भएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट अर्थतन्त्र प्रभावित भई विकास निर्माण कार्यमा गतिरोध सिर्जना भएको छ । हालसम्मको अवस्था हेर्दा कोरोना महामारी तत्काल हट्ने अवस्था देखिदैँन् । त्यसैले अब कोरोनाकालसँगै देश विकास र समृद्धीको यात्रालाई अगाडी बढाउनै पर्ने बाध्यकारी अवस्था रहेको छ ।

सोही क्रममा राज्यको चौथो अङ्गका रुपमा रहेको मिडिया क्षेत्रको भुमीका पुर्ण रुपमा पेसागत तथा संस्थागत मयार्दामा रहेर पालना गर्ने कुरामा हामी प्रतिवद्ध छौँ । साथै यस विषम परिस्थितीमा एउटा जिम्मेवार मिडिया हाउसको रुपमा देश विकासका लागि सुशासनसहितको समृद्धीको यात्रामा आम सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडी बढ्ने हाम्रो उद्देश्य रहनेछ ।

राजनीतिक, संवैधानिक, कानुनी परिवर्तनहरु कागजीरुपमा मात्र होइन व्यवहारबाटै प्रदर्शित हुनुपर्छ । त्यसकालागि राज्यका हरेक निकायहरुको सोच र कार्यशैलीमा परिवर्तन हुनुपर्छ । राज्यका निकायहरुलाई जिम्मेबार र जवादेही बनाउन नागरिकस्तरबाट सचेतना पूर्वक खबरदारी आवश्यक छ । नागरिकको खबरदारिलाई अझ बलियो र शसक्त बनाउन कञ्चन टुडे सदैव लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।

स्वतन्त्र प्रेस विना लोकतन्त्र अधुरो रहन्छ । नेपालमा संघीय लोकतन्त्रको स्थापना पछि पनि प्रेस पूर्ण स्वतन्त्र नभएको अनुभूति भइरहेको छ । पछिल्लो समयमा आएका मुलुकी संहिता तथा कानुनका कतिपय प्रावधानले प्रेस स्वतन्त्रता माथि अंकुश लागेको भन्दै नेपाली प्रेस जगतले असन्तुष्टी जनाइरहेको छ । संघीय संसदको निर्वाचनपछि गठित नेपाल सरकारले सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अगाडी सारेको छ ।

सरकारको त्यो नारालाई सार्थकता दिन पनि स्वतन्त्र प्रेसको महत्वपुर्ण भूमिका रहन्छ । सरकारले अगाडी सारेको सम्बृद्धिको नारा सार्थक तुल्याउन राज्यका हरेक निकायको भूमिका पारदर्शी र जवाफदेही हुनु पर्दछ । सरकार र सरकारी संयन्त्रले आफ्नो पारदर्शीता सिद्ध गर्ने माध्यम सञ्चार जगत हुनु पर्दछ । प्रेस मार्फत उजागर भएका जनताका सवाललाई यथोचित ढंगले सम्बोधन गर्ने परम्पराको विकास गर्ने हो भने थुप्रै समस्याहरु विकराल नहुंदै समाधान हुन सक्छन् । यसतर्फ सरकार र उसका संयन्त्रहरुको ध्यान जानुपर्छ ।

जस्तो सुकै परिस्थीतिमा पत्रकारिताको मर्यादा भित्र रहेर नागरिकलाई सूसूचित गराउने र राज्यका निकायलाई पारदर्शी र जवाफदेही बनाउन हाम्रो प्रयास निरन्तर रहने छ । समाजमा विद्यमान विकृति विसंगती, अनियमितता ढीलासुस्ती गैर–जिम्मेवारीपनका विरुद्धमा निरन्तर लाग्ने कुरामा हामी कुनैपनि अवस्थामा विचलित हुने छैनौ । संचारका माध्यमहरु न्याय र समानताका पक्षमा लाग्नु पर्छ, तिनका सामाग्रीहरु जनचाहाना अनुरुप हुनुपर्छ भन्ने कुरामा हामी सचेत छौं । जनता प्रति समर्पित हुनु पर्छ भन्ने उदेश्यका साथ हामीले ‘शूशासन, पारदर्शीता र जवाफदेहीताका हाम्रो प्रयास’ भन्ने ध्येयका साथ पाठक माझ सदैव रहने छौं ।

यस टुडे दैनिकको दोस्रो बार्षिकोत्सवलाई कोरोना संक्रमण र प्राविधिक कारणवस उत्सवको रुपमा मनाउन सक्ने अवस्था नभएपनि हामी पेशागत र संस्थागत अवस्थाप्रति प्रतिबद्ध रहदैँ हाम्रा पाठक वर्ग, विज्ञापनदाता एवं शुभ–चिन्तकज्यूहरुमा यहाँहरुको महत्वपुर्ण सहयोगको उच्च कदर गर्दै हार्दिक आभार व्यक्त गर्दछौ साथै आगामी दिनमा सुझाव सल्लाह र सहयोग प्राप्त हुने कुरामा हामी पूर्ण आशावादी छौं ।

 

  • 48
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...