कोभिड–१९ लाइभ अपडेट

All countries
41,042,579
संक्रमित
Updated on October 21, 2020 10:23 am
All countries
30,142,150
निको भएका
Updated on October 21, 2020 10:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 10:23 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,042,579
संक्रमित
Updated on October 21, 2020 10:23 am
All countries
30,142,150
निको भएका
Updated on October 21, 2020 10:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 10:23 am

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

  • 2
    Shares

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुर, जिल्ला खाद्य अधिकार सञ्जाल, कञ्चनपुर, याक नेपाल धनगढी, फियान नेपाल र निड्स नेपालको आयोजनामा ४० औ विश्व खाद्य दिवसका अबसरमा कोभिड–१९ बाट खाद्य अधिकार तथा खाद्य सुरक्षामा पर्न सक्ने असर र पुर्व तयारीमा सरोकारवालाहरुको भुमिका बिषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कञ्चनपुर जिल्लाका स्थानिय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिहरुले स्थानिय तहले पालिकामा सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा प्रस्तुती गरेका थिए । यसैगरी कोरनाले खाद्य सुरक्षामा पर्न सक्ने असरका बारेमा समेत छलफल भएको थियो ।

नेपाल सरकारको कृषि क्षेत्रमा लगानी कम भएका कारण दक्ष युवाहरु रोजगारीका लागि विदेश पलायन हुदा देशमा खाद्य बस्तुको आयातमा बृद्धि भएको र यसले देशलाइ ठुलो घाटा भएको कृषि ज्ञान कञ्चनपुरका प्राविधिक सहायक जनक सिंहले बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर बिस्टले कैलाली र कञ्चनपुर जिल्ला खाद्य सुरक्षाका दृष्टीकोणबाट सुरक्षित रहेपनि यस प्रदेशका पहाडी जिल्ला लाई समेत खाद्यान्न निर्यात गरेर प्रदेशलाई खाद्य सुरक्षा भएको प्रदेश निर्माण गर्नपर्ने बताए । यसैगरी स्थानीय उत्पादन लाई बढाएर आयात हुने खाद्यान्न लाई घटाउनु पर्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यालय, महेन्द्रनगरकी कार्यालय प्रमुख सञ्जु उपाध्यायले कृषि पेशालाई सम्मानजनक र स्वरोजगारमुखी पेशाका रुपमा स्थापित गर्नका लागी सम्पुर्ण सरोकारवालाहरुले केन्द्रीत हुनुपर्ने बताइन । कृषकहरुको उत्पादन र बजारीकरणलाई सहज पहुचमा राख्नसके मात्र यस पेशामा आर्कषण हुने बताईन ।

कार्यक्रमका प्रमुख अतिथी भेटनरी अस्पताल, कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले कोभिड १९ को महामारीको समयमा कृषि क्षेत्रमा चुनौतीका साथै अबसर पनि रहेकाले अबसरका रुपमा लिई कृषि उत्पादनमा आत्मनिर्भर हुने किसमका योजनाहरु निर्माण गरिनुपर्ने बताए ।

बैदेशिक रोजगारीका लागी बाहिर रहेका युवाहरु देशमा भित्रिएका कारण खाद्यान्नका उपभोक्ता बढेका र यसले भबिस्यमा खाद्यान्न संकट ल्याउन सक्ने सम्भावना रहेकाले देश फिर्ता भएका युवाहरूलाई कृषि क्षेत्र र पशुपालन मा परिचालन गर्न सके अवसर पनि हुन सक्ने जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक कोमल निरञ्जन भाटले बताए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राबिधिक सहायक जनकबहादुर सिहले सञ्चालन गरेको कार्यक्रममा ज्ञान केन्द्रका अधिकृत हरीदत्त जोशीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...