कोभिड–१९ लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

लघुकथाः जोगासिँह

शरदचन्द्र ओझा, नेपालगँज-१४

बडो खुशी भएर जोगाले आफ्नो ९ कक्षाको रिजल्ट बुवा धन बहादुर लाई देखाउँदै भन्छ,
जोगाः ड्याडी मै सारे क्लास के बच्चोमे फर्स्ट आया हुँ, मुझे ९५ प्रतिशत अङ्क मिले हैँ, मुझे मेरे प्रीन्सिपल सर ने भि बहुत स्याबासी दी ।
धन बहादुर आँखा भरी आँसु झार्दै भन्छनः बहुत खुब बेटा, तुने मेरे जैसे एक साधारण बापका ईज्जत बढा दिया । अगर मै १५ साल पहले अपना पहाडका गाँव से भाग कर यहाँ ईस बडे शहर बम्बई मे न आता तो, ईस सुखद दिन से बन्चित भि रहता । धन्य,कुले तेरो कृपा सधोई रओस ।
आज भन्दा झण्डै १५ बर्ष पहिले धन बहादुर आफ्नो सुदुरको गाउँबाट पेट पाल्न परिवार पाल्न भनेर दरदरको हण्टर खाँदै, मुम्बई आई पुग्छ । त्यहाँ उस्ले आफ्नै नेपालको एकजना उपल्लो जातको मित्रलाई भेटछ ।

मित्रले गाउँमा त सार्है हेला गर्थ्यो तर त्यहाँ किन हो कुन्नी, परिवेश पनि भिन्नै भएर होकि, उस्लाई सहयोग गर्छ र एउटा सेठको बङ्गलामा चौकीदारको नौकरीमा टिकाई दिन्छ । धन बहादुरले पनि गाउँकै पाराले जदौ भन्दै, उस्लाई धन्यबाद अभिवादन गर्छ । यसरी नियमित ७००० भारु मन्थलीको आम्दानीबाट उस्को जिवन को एउटा नौलो अध्याय शुरु हुन्छ । नौकरी पाए पछि उस्लाई सँधै भरी आफ्नो जवान श्रीमति र नौ महिनाको छोरो जोगाको याद आउन थाल्छ ।

बर्ष दिनको बिछोड पछि, नौरथाको समय पारेर उ आफ्नाहरु बिच आउनलाई कुर्ला रेल्वे स्टेसन पुग्छ, अनि त्यहाँबाट बरेलीको टिकट काटी, मनमा हजारौ खुशी बोक्दै दुई दिनको यात्रा शुरु गर्छ । बरेली, बनबासा, महेन्द्रनगर हुँदै उ आफ्नो थाक थलो पुग्छ । बाटैमा जुङ्गे हल्दार भेटिन्छन र सोध्छन, ए धने, तँ त अर्कै पो भएर आएछस त, पैसा सैसा निक्कै कमाई कि क्या हो ? जती कमाए पनि तँलाई यो हाम्रो समाजले हेर्ने दृष्टी उस्तै रहन्छ के, त्यसैले मुई भुन्नो, तुई परिवार सहित उतै जा, वहाँ त सुन्दो छु, जातपात मान्दैनन रे ? तिम्रो जिवन सुखी रहन्छ, तेरो चेलो ले नि राम्रो स्थानमा हुर्कन पाउँछ, पढन पाउँछ ।

गाउँको आफ्नो त्यो झण्डै खस्न लागेको घर, बुढा बुवा आमालाई देखेर उल्लाई बित्यास पनि लाग्छ ।
धन बहादुर ः ढोग दिए बाबा, धोग दिए आमा । कसा छौ ब, ई लिय तमुलाई कापडा ल्याई दि राख्यौँ ।
धन का बुवा ः बाँची रहे चेला, भन्दै अश्रुधारा झार्छन भने आमाले रुँदै अङ्गालो हाल्छिन माया गर्छिन ।
त्यती भन्दै उस्का नजर, धनेसरीलाई खोज्न थाल्छ, उ पर रैछे मेरी मनकी रानी, मन मनै भन्दै उतै हुईकिन्छ ।

धनसरी गोरी बर्ण कि राम्रो नाकनक्सा मिलेकी अत्यन्त सुन्दरी थिईन ।
धन बहादुर ः कसी छौ भन्दै उ समिप पुग्छ र टक्क अडिन्छ ।धनसरी पनि उल्लाई हेरेको हेरेई हुन्छिन ।
यसरी छोटो बसाई पछी बा आमाको आशिर्बाद लिँदै तिनै धन बहादुर, धनसरी र सानो दुधे बालक जोगा, लामो यात्रा र भविश्यको सपना सँगाल्दै बम्बई तर्फ हुईँकिन्छन ।

आज पन्द्रह बर्ष पछी छोरा जोगा सिँहको उपलब्धी देखी उ सार्है खुशी हुन्छ । उल्ले १५ बर्ष पहिले लिएको निर्णय सार्थक भएको देख्छ ।
यसरी दिनरात भन्दा भन्दै अर्को ६(७ बर्ष पनि बित्छ । छोरो जोगा सिँह अब त बम्बईको एक राम्रो कलेजबाट स्नातक पनि भईसक्यो । धन बहादुरले जातपात उँचनिचको यो दुनियामा आफु जस्तै नामको पछाडी आफ्नो थर तिरुवा नराखेर छोराको नाम जोगा सिँह मात्र राखी दिएको हुन्छ ।
हेर्दा गोरो सुन्दर राम्रो जिउडालको जोगासिँह कुनै सिनेमाको नायक जस्तै देखिन्छ । उ सार्है असल मान्छे मृदुभाषी अनि ब्यवहार कुशल पनि हुन्छ । देश छोडेर उता बम्बईमा हुर्केको हुनाले उस्लाई आफ्नो मातृभाषा भने पटक्कै आउँदैन । उस्का बा आमासँग उ हिन्दीमा नै बोल्ने गर्दछ ।

धन बहादुर तथा धनसरीले कहिले पनि उ सँग जातपातको बिषयमा कुरो नगरेको हुनाले जोगासिँहलाई यस सँबन्धी ज्ञान पनि नरहेको र त्यताको कुनै चासो पनि हुँदैन । उस्लाई आफ्नो नाम जोगासिँह र उनीहरु मुलरुपमा नेपालका हुन भन्ने मात्रै थाह छ, र उ बेलाबेलामा आफ्नो देश नेपालको तराई र पहाडको घर गएको सम्झना मात्रै छ ।

यसरी खुशहालीमा बिती रहेको धन बहादुरको परिवारमा एकैपल्ट बज्रपात पर्न जान्छ । बेलुकी काममा जान भनेर हिँडेका धन बहादुरलाई एउटा गाडीले नराम्ररी कुल्ची दिन्छ, तुरन्तै त्यहाँ भएका मानिसहरुको सहयोगमा अस्पताल पुर्याईँन्छ ।
धनसरी र जोगा अस्पताल पुग्दा सम्म धन बहादुरको होस आउँदैन, उस्को अबिलम्ब अपरेशन गर्नु पर्छ भनेर डाक्टरले सुनाउँछन र अपरेशन पनि हुन्छ । तर, दैवलाई अरुनै बिचार रहेछ, बिचरा धन बहादुर केहि दिनको अथक उपचारको प्रयास पछि पनि निको नभएर मृत्युलाई बरण गर्न पुग्छन ।

यसरी परिवारमा पर्न गएको बज्रपातलाई धनसरी र उस्को छोरो जोगासिँह सहन सक्दैनन । उनीहरुको रुँदारुँदा बेहाल भई सकेको हुन्छ । यता कमाउने मान्छे एकजना मात्रै भएको, र त्यो पनि सँसार छोडी गई सकेकोले उनीहरुलाई आर्थिक कठिनाईहरुले पिरोल्न थाल्छ, भएको जमापुँजी बुवाको उपचारमा खर्च भएको र केहि हजार रुपैयाँ मात्रै अब बाँकी रहेकोले, जोगाले चिनजानको माध्यम बाट केहि काम पाईन्छ कि भनेर खोज्न थाल्छन । काम पनि पाएनन, घरमा आमालाई पनि सम्हाल्नु पर्ने, चालीको भाँडा पनि तिर्नु पर्ने, नवयुवक जोगालाई सार्है मर्का पर्न थाल्छ ।
उता नेपालबाट उस्का आफन्तहरुले, अब यतै बसाई सराई गरेर आउ अनि केहि काम यतै गरेर बस भनेर सन्देश पठाएका पनि छन । अन्तमा केहि शिप नलागेर, जोगा र धनसरी नेपाल फर्किन्छन ।

यता नेपालको तराईको एक गाउँमा उस्का बुवाले बिगतमा कहिले किनेको ४ कट्ठा जमिनमा सानो टहरो बनाएर उनीहरु बस्न थाल्छन । बोलीभाषा देखी सबैथोक नौलो परिवेशमा उस्ले आफुहरु दलित समुदायको भएको चाल पाउँछ । उस्को लागी यो नौलो कुरो भएपनि,यहाँ आएर यस कुरोको महत्व देख्दा उ अचम्मित हुन्छ, यताको पछौटेपन प्रती केहि बोल्न पनि सक्दैन ।
काम खोज्ने शिलसिलामा उस्ले नजदिककै शहरमा एउटा अडिट फर्ममा ठिकठाकै तलबमान पाउने गरी काम पाउँछ । त्यसो त उस्को पढाईको स्तर, कम्प्युटरको ज्ञान यताको लागि उपर्युक्त रहेको उस्ले थाह पाउँछ र अत्यन्त खुशी पनि हुन्छ ।
अब अर्को आफ्ना लागी एउटा डेरा खोज्ने, खोज्दा खोज्दै एकजना गन्यमान्यको घरमा उ पुग्छ ।
जोगष्सिंह ः देखिए मै नेपाली हुँ, मगर मेरा परवरिस ईण्डियाके मुम्बईमे होने के कारण मुझे नेपाली बोलना नहिँ आता है । मेरा घर पास हि के सुर्जेपुर है । मै यहाँ अडिट फर्ममे काम करता हुँ और मुझे एक कमरा किराएमे चाहिए, क्या आप दे सकते हैँ ।

ती गन्यमान्यले तलदेखी माथि सम्म हेर्छन, खाई लाग्दो हिरो जस्तो जोगालाई देखेर उनी खुशी हुन्छन ।
अनी सोध्छनः तपाईको नाम के हो बाबु ?

मेरो नाम जोगासिँह हो, म स्नातक सम्म पढेको छु, भनेर उस्ले भन्ने बित्तिकै ति घरधनीले उन्लाई पछाडीबाटै आउन जान मिल्ने कोठा देखाउँछन, र दुबै पक्ष दाममा पनि राजी हुन्छ ।

सधैँ जसो सरसफाईमा बस्ने, नियमित ब्यायाम ईत्यादी गर्ने जोगालाई देखेर उनीहरु खुशी पनि छन ।
दशैँको चहलपहल शुरु भई सकेको छ, त्यही समय मिलाएर एकदिन तिनी गन्यमान्य घरधनीले रात्रीको खाना खान भनेर जोगालाई निम्तो दिन्छन । नेपाल छिरे देखी जोगासिँह ले कहिलेकाहिँ साथिभाई मित्रहरुसँग बियर, ह्विस्की, रम चाखी सकेको छ ।कहिलेकाँही उस्ले, एक्लै पनि आफ्नै कोठामा ईनै मादकपदार्थ सेवन गरी सकेको छ ।

आज उस्ले, दशैँ जस्लाई उतातिर दशहरा भन्थे,को उपलक्षमा घरधनीले बोलाएको रात्रीभोजमा सोनु मिष्ठान भण्डारको एक किलो सोनपापडी सहितको मिठाई उपहार लाने निर्णय गरेको छ । यसरी सोझोसाझो जोगासिँहको आजको रात ले इस्को मन मस्तिस्कलाई झझोरेर राखिदिन्छ भन्ने कुरोको उसलाई ज्ञान नै छैन, होस पनि कसरी, उ त्रीकालदर्शी पनि त होईन ।

आज घरधनी डम्बर बीर पनि रमाईलो साँझ बिताउने तयारीमा लागेका छन । डम्बर जी कि श्रीमतिले पनि बँदेलको सेकुवा सहित बिभिन्न परिकारहरु तयार गर्दैछिन । पार्टी शुरु हुन्छ, घरी पन्चोला अनि भट्ट साँधेको, चिकन रोस्ट, बँदेलको मासु अनि भरखरै भाईले दुबईबाट ल्याईदिएको रेड लेवलको प्याग पछी प्यागको मजै बेग्लै हुँदैछ ।
दुबैलाई बिस्तारै नशा चढदैछ, उनी दुबै अब बहके बहकेको कुरो पनि गर्न थालेका छन ।

रात रमाईलो सँग बिती रहेको छ ।

डम्बर बिर ः जोगा राजा, तमी त खाई लाग्दा छौ, पक्कै पहाड कुन जिल्ला कुन गाउँका रजबार हौ । तमरा घर मी को को हन त ? (घरमा को को छन त ?)
यस्को एउटा कारण यो पनि छ कि, जोगाको खाईलाग्दो ज्यान देखेर डम्बर बिरले एकतर्फी रुपमा उन्लाई उपल्लो जातको भन्ठानेका रहेछन ।

अनी यता,यो अचम्मको प्रश्न सुने पछि जोगासिँहको भर्खरै चढदै गरेको रेड लेबलको नशापनि अब दुरुस्त हुन पुग्छ ।
जोगासिँह एक पढेलेखेका सँयमित नौजवान पनि हुन, उन्ले यो प्रश्नको औचित्य पनि बुझी सकेका छन । उनी कसैलाई ढाँटेर आफ्नो अस्तित्व जोगाई राख्न पनि चाहँदैनन, यसैले उनले सही सही बाटसुने निर्णय गर्दै भन्छन,
जोगा ः मुझे जातपात उतना ज्ञान नहि है, मेरा नाम जोगा सिँहा है, मेरे पिताका नाम स्वर्गिय धन बहादुर तिरुवा है और हमलोग यहिँ के पहाडके है, आजकल सुर्जेपुरामे बसते हैँ ।

डम्बर बिरले यो उत्तरको, सपनामा पनि अपेक्षा गरेको थिएन, एकछिन त उनले यो मजाक गरेको हो कि भन्ठानेर फेरी सोध्छन,
डम्बर बिर ः के मजाक गरेको राजा, सही सही भुन्ना ब ? ( सही भन्नुस न )
जोगासिँह ः देखिए मै झुठ बोलता नहिँ, हम लोग तिरुवा हैँ, और ईसमे हमको गर्व भी है ? बाँकी आप जो समझे ? लेकिन मुझे आप अच्छे लगते हैँ ।

भर्खरै मुखमा हालेको बँदेलको मासुको एक टुक्रा उन्लाई निल्नु न ओकल्नु हुन थाल्छ ।
बडो निधारमा प्रश्नवाचक चिन्ह बनाउँदै, डम्बर बिर हाथ जोडदै यसो भन्छन,
जोगा जी, जे हुनु भई गयो, तमीले जे कुरो अहिले मलाई भन्नुभयो, त्यो मेरो घरको कसैलाई नभनीदिनु होला ।मेरो ईज्जत जान्छ, बरु सक्दा छौ भने बरु एक महिनाको भाडा पनि नतिर्दा हुन्छ र आफ्नो निमित्त कतै अर्को डेरा खोज्नु होला । अब तमी आफ्नो कोठा तिर झाउ जोगा भाई ।

जोगासिँह लाई पनि अब त्यो घरमा बस्ने मन छैन, तर पनि उनी एक स्नातकसम्म पढेका योग्य नौजवान भएकाले, डम्बर बिरजीलाई केहि सबक सिकाउने मन गर्दै यसो भन्छन ।
जोगा ः देखिए ए आपका मकान है, आप जैसा बोलेङ्गे मै मानता हुँ, पर मुझे आपकी ईस छोटी सोच पे तरस आती है । आप ईस २१ वेँ शताब्दी मे भि ईस तरहका सोच रखते हैँ, जातपात के चक्करमे हम मनुश्यको नहिँ पडना चाहिए । एक आदमी और दुसरे आदमीमे कोही फरक नहिँ होना चाहिए, आप जैसे बुजुर्गोको ईस तरहके खयालोको परिवर्तन करना चाहिए, नहिँ तो हमलोग कहिँ नहिँ पहुँचेङ्गे, गवार हि रह जाएङ्गे ।
बाँकी आप कि ईच्छा,,

यसरी यो कथासारको रुपमा जोगासिँह जस्ता योग्य नौजवान, भविश्यका कर्णाधारको कुरोमा सत्यता छ, मानिस भएर जन्मे पछी, हामीबिचमा कुनै भेदभाव हुनुहुँदैन ।

सँसार धेरै अघी बढी सकेको छ, डम्बर बहादुर जस्ता प्रतिनिधी पात्रहरुको सोचमा परिवर्तन ल्याउन जरुरी छ । युरोप अमेरिका लगायतका देशहरुमा यस्तो घृणीत सोच नभएकोले पनिहोला, उनीहरुको प्रगती कहाली लाग्दो छ । हामीले पनि सोच्ने हो कि ?

!! ईती शुभम !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ । कानुन व्यवसायीको...