कोभिड–१९ लाइभ अपडेट

All countries
339,662,206
संक्रमित
Updated on January 20, 2022 2:20 pm
All countries
271,038,093
निको भएका
Updated on January 20, 2022 2:20 pm
All countries
5,584,390
मृत्यु
Updated on January 20, 2022 2:20 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
339,662,206
संक्रमित
Updated on January 20, 2022 2:20 pm
All countries
271,038,093
निको भएका
Updated on January 20, 2022 2:20 pm
All countries
5,584,390
मृत्यु
Updated on January 20, 2022 2:20 pm

सुदुरपश्चिमका नक्षत्र स्व. डा. देवीप्रसाद ओझा

शरदचन्द्र ओझा
नेपालगँज–१४, भवनियापुर

आज अत्यन्त हृदय बिभोर भएर आदरणिय स्व डा देवीप्रसाद ओझा ( साहित्यिक नाम सोमदत्त ओझा) को सम्झनामा केहि लेख्ने जमर्को गर्दैछु ।
सन्दर्भः दीपक, सचित्र नेपाली मासिक पत्र –सँचालक– श्री गोपालचन्द्र ६४–४१ हिरापुर बाराणसी भाद्र २५ बी सँ २०१५

उच्च शिखर हिमालयमा राष्ट्रध्वजा
फहराई,
धरणीको सर्वोच्च शिखरमा साथसाथ
मुस्काई,
बीर यात्री हिम–सिँह, तेनसिँह देश गर्यौ तिमीले गौरवमय,
हिम–यात्री तिमी बिश्व–बीर हौ, आमा तिम्रो पौरुष–मय । ।

यो कबिता आजभन्दा झण्डै ७७ बर्ष पहिले डा. देवीप्रसाद ओझाले बनारसबाट प्रकासित हुने दीपक पत्रीकामा प्रकासित गराएका थिए । यसरी बुझ्दा ७०(८० बर्ष पहिलेको नेपाल, त्यसमा पनि एक पिछडिएको प्रदेशको पहाडी जिल्लामा जन्मेका सु प का ई नक्षत्र डा देवी प्रसाद ओझाको साहित्यप्रतीको रुची र योगदान सराहनिय छ ।

डा ओझाको जन्म बैतडीको बमराडा ग्राममा १९९६ साल श्रावण १० गते भएको थियो ।
१९६९ ई स मा नेपालको दलिय ब्यवस्था सँबन्धी शोधपत्रका साथ पी एच डी गर्नु भएका डा देवीप्रसाद ओझा सुदुर पक्षिमका प्रथम प्राज्ञ पनि हुनुहुन्थ्यो । डोटी राज्य लगायत नेपालका ईतिहासका बारेमा प्रशस्त खोजमुलक रचना, पुस्तक हरु लेखी सक्नु भएका वहाँँको कलम अरु बिधाहरुमा पनि त्यतिकै चलेका थिए । त्यसको एउटा उदाहरण माथि लेखिएको कबिताको केहि अँश पनि हो ।आजपनि सु प लगायतका ईतिहास, साहित्यमा कलम चलाउन चाहने श्रष्टाहरु ईन्को कृतीहरुको सन्दर्भ लिने गर्दछन । साहित्यकार तथा ईतिहासकार बासुदेव पाण्डेय जी का अनुसार सोमदत्त ओझा उपनामले २०१४ सालदेखि साहित्य क्षेत्रमा लागिपर्नु भएका डा ओझा २०२२ सालदेखि निरन्तर पत्रकारितासित पनि संलग्न रहनु भएको थियो । त्यसैले उहाँलाई हामी कवि, पत्रकार,निवन्धकार,ईतिहासकार,जीवनकार,सँस्कृतीबिद,राजनितिक चिन्तक,असल प्रसासक,प्राज्ञ जस्ता बहुबिशेषणद्वारा सम्बोधन गर्न सक्दछौँ ।
प्राज्ञ भाउपन्थीलेले लेख्नु भएको छ, डा ओझाले सुदुरपक्ष्चिमको केहि अज्ञात पक्षहरुको इतिहासलाई प्रकाशमा ल्याउनुभयो । सुदुरपश्चिममा साहित्यदेखी इतिहासलेखनसम्मको बिस्तृत यात्रा तय गरेका सुदुरपश्चिमको एक राष्टृय ब्यक्तित्व वहाँलाई यस भेकका सबैले बिबिध सन्दर्भमा स्मरण गर्नेछन ।
यस्ता एक ऐतिहासिक पुरुष डा देवीप्रसाद ओझाले २०६३ साल जेष्ठ ६ गते यो सँसारबाट बिदा लिनु भयो । डा देवीप्रसाद ओझा र सोमदत्त ओझाको कलमले यहिँ बीट मार्यो । वहाँले आफ्नो लेखनीको माध्यमबाट सबैलाई मनन गर्न सकिने प्रशस्त अमुल्य निधीहरु दिएर जानु भयो, यो अहिले पनि मदन पुरस्कार पुस्तकालय लगायतका स्थानहरुमा सुरक्षित छन ।

बि स २०१३ मा बैतडी हाइस्कुलको ( हाल बीरेन्द्र उ मा बी) मा शिक्षण कार्य अँगाली सकेका डा ओझाले पछिका दिनमा बदायुँ र बरेलीमा ओ एन जी सी जस्तो सुप्रसिद्ध भारतिय सरकारी कम्पनी मा क्लर्क भएका थिए । बि स २०१९ मा नेपालको सरकारी सेवामा पी डि यो पदबाट नौकरी शुरु गर्दै नेपालका बिभिन्न जिल्लामा अनेक पदिय दायित्व निर्वाह गर्दै २०४९ मा सी डि यो पदबाट अवकाश हुनुभएको थियो ।

सरकारी जागिरमा हुँदा होस या सेवानिवृत भएपछी होस, वहाँको कलम निरन्तर चली रह्यो । वहाँ खोजपुर्ण साहित्यमा अतन्त रुची राख्नु हुन्थ्यो । दार्चुलाको सी डि यो हुँदा आफ्नी अर्धाङ्गनी गँगा ओझा का साथै बहिनी कृष्णा कलौनी र भानिज तिलकराज कलौनीका साथ कैलाश मानसरोबर यात्रा गरेर फर्के पछी वहाँले नेपाली साहित्यलाई “कैलाश मानसरोबरको तीर्थ(यात्रा“ नामक कृती दिएर जानु भयो । आचार्य घनश्याम लेखकको लेखनीको अनुसार काब्य, निबन्ध, इतिहास,जीवनी, नियात्रा भ्रमण आदि साहित्यका बिभिन्न बिधाहरुमा एक दर्जन कृतीका रचनाकार डा ओझा सुदुरपश्चिम कै पहिलो पत्रीका हिमालय ( बैतडी गौडा, दर्ता न २०२२२०२३(०१) एवँ महाकाली (२०२६) माध्यम (२०३९), झरो (२०५२) का सम्पादक र अमर शहीद दशरथ चन्द स्मृती ग्रन्थ (२०६०) का प्रधान सम्पादक एवं महान स्वतन्त्रता सेनानी दत्तराम भट्ट, स्व एन डी प्रकाश चटौत, मानवतावादी राजा जयपृथ्वीबहादुर सिँह, साहित्यकार स्व पहलमान सिँह स्वारको संक्षिप्त जीवनीका सम्पादक प्रकाशक हुनुहुन्थ्यो ।

डा ओझाले कोतपर्व, समसायिक चिन्तन,अमर शहिद दशरथ चन्द संक्षिप्त जीवनी, डोटी क्षेत्रको इतिहास तथा सँस्कृती, सुदुरपश्चिमका साहित्य र साहित्यकारहरु, कैलाश मानसरोबर तिर्थ(यात्रा, सुदुर पश्चिममा जनचेतनाको बिकास र २००७ सालको क्रान्तीको इतिहास, सुदुरपश्चिममा पत्रकारिता ईत्यादी कृतीहरु पनि सँसारलाई दिएर जानु भएको छ ।
मेरा आदरणिय साहिँलाबुवा पनि रहेका स्व डा ओझालाई महिनौसम्म म सँगको काठमाण्डौको बसाईमा निरन्तर साहित्य लेखन र पुस्तक पत्रीकामा घोतलिएको देख्ने पनि गर्दथेँ ।

पुराना सिनेमा हेर्न रुचाउने वहाँ बिशुध्द साकाहारी त्यस्मा पनि सु प का मौलिक खानाहरुको स्वादको पारखी हुनुहुन्थ्यो । बुहारी नीलम ओझाले ज्ञाँस चुल्होमा फ्वाक्क फुलाएको गहुँको पिठोको रोटी वहाँलाई अत्यन्त मन पर्दथ्यो । सँधै हँसिलो अनुहार राख्ने वहाँ कहिले अत्यन्त भावुक भएर देशको अवस्था र भविश्यको पनि चर्चा गर्नेगर्नु हुन्थ्यो ।

यसरी एक राष्टिय ब्यक्तित्व, एक सदाबहार साहित्यकार, धर्मभिरु, कुशल प्रसासक, इतिहासकार, बरिष्ठ पत्रकार, अन्वेशक डा देवीप्रसाद ओझाको बारेमा केहि श्रद्धासुमन रुपी शब्दहरु लेख्न पाउँदा मलाई पनि हर्ष लागेको छ । डा ओझा प्रती हार्दिक श्रद्धान्जली, शिर निहुराई नमन, हजुरको पुण्य आत्माको सँधै जय होस, बैकुण्ठमा बास होस ।

अन्तमा, डा देवी प्रसाद ओझाकै शब्दमा,
जन्मदेखी मृत्यु सम्मको दुखबहाली जब पुर्ण होला,
केहि भनुँला, केहि भन्दैछु, केहि भन्न बाँकी रहला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...