कोभिड–१९ लाइभ अपडेट

All countries
161,087,567
संक्रमित
Updated on May 13, 2021 10:02 am
All countries
139,854,698
निको भएका
Updated on May 13, 2021 10:02 am
All countries
3,345,085
मृत्यु
Updated on May 13, 2021 10:02 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
161,087,567
संक्रमित
Updated on May 13, 2021 10:02 am
All countries
139,854,698
निको भएका
Updated on May 13, 2021 10:02 am
All countries
3,345,085
मृत्यु
Updated on May 13, 2021 10:02 am

स्थानिय स्तरमा मानवअधिकार रक्षक सञ्जाल निर्माण गर्नुपर्नेमा जोड

  • 1
    Share

कञ्चनपुर–डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले आइतवार महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागी भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुले स्थानिय स्तरमा मानवअधिकार रक्षक सञ्जाल निर्माण गर्न सुझाव दिएका छन ।

मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य उद्धबराज भट्टले जिल्लामा लैङ्गिक हिंसा प्रभावितहरूका लागि सुरक्षित आवास गृह नभएका कारण महिला अधिकारका क्षेत्रमा काम गर्ने अधिकार रक्षकहरूलाई समस्या भएको बताउनुभयो ।

यसैगरी मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य प्रभुनिधि पन्तले मानवअधिकार रक्षकहरुको स्थानिय स्तर सम्म सञ्ंजाल निर्माण गरिनुपर्ने बताउनुभयो । पन्तले स्थानिय स्तरमा रहेका मानवअधिकार रक्षकहरु बढी जोखिममा हुने भएकोले स्थानिय स्तरसम्म सञ्जाल निर्माण गर्नुपर्ने बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडकराज जोशीले आगामी बर्षमा मानवअधिकार रक्षकहरुको सुरक्षा र क्षमता अभिबृद्धी गर्ने आगामी परियोजनाका लागी आवश्यक छलफल गरेको बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डिसिए परियोजना संयोजक सरिता पुरीले सहजिकरण गरेको कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महिला हिंसा पिडितलाई मानव अधिकार सहायता कोषबाट सहयोग

मानव अधिकार सहायता समिति सुदुरपश्चिम र इन्सेक धनगढीले आइतवार महिला हिंसा पिडितलाई कानुनी सहायताका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख खडकराज जोशीले बताउनु भयो ।
डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कोषबाट सहयोग गरिएको प्रदेश प्रमुख खडकराज जोशीले बताउनु भयो ।

जिल्ला अदालत, कञ्चनपुरमा पतिका विरुद्ध कानुनी लडाइको प्रक्रियामा रहेकी भिमदत्त नपा– १९ की कञ्चन खडायतले आर्थीक अबस्था कमजोर रहेको र कानुनि सहायता गर्नका लागी मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरलाई आग्रह गरेपछि सञ्जालको सिफारिसमा पिडित खडायतलाई कानुनी सहायताका लागी रकम सहयोग गरिएको सञ्जालका सदस्य उद्धवराज भट्टले बताउनु भयो ।

इन्सेकका प्रदेश प्रमुख खडकराज जोशी र सञ्जालका सदस्य उद्धवराज भट्टले पिडित खडायतलाई नगद रकम १० हजार रुपियाँ हस्तान्तरण गरेका थिए ।

 

 

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कञ्चनपुरमा आज ९५ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा नयाँ भरियेन्टको कोरोना भाईरसको संक्रमण दिनप्रति दिन बढ्दैँ गईरहेको पाईएको छ । आईतवार जिल्लामा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

डाक्टर तथा नर्सहरूलाई आइसियु सञ्चालन सम्बन्धी तालिम प्रदान गरियो

सुदूरपश्चिम  कोरोना महामारीको चपेटामा परेको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धि गरी अस्पतालहरूलाई कोरोना प्रतिरोध गर्न सक्षम बनाउने उद्देश्यले सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा...

वेदकोट नगरपालिकाद्धारा अक्सीजनको आपुर्ती गर्न महाकाली अस्पताललाई १० लाख सहयोग हस्तान्तरण

महेन्द्रनगर १९ बैशाख । कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग सहयोग रकम हस्तान्तरण गरेको छ । आईतबार नगर प्रमुख अशोक कुमार...