कोभिड–१९ लाइभ अपडेट

All countries
231,385,937
संक्रमित
Updated on September 24, 2021 8:13 am
All countries
206,332,091
निको भएका
Updated on September 24, 2021 8:13 am
All countries
4,742,562
मृत्यु
Updated on September 24, 2021 8:13 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
231,385,937
संक्रमित
Updated on September 24, 2021 8:13 am
All countries
206,332,091
निको भएका
Updated on September 24, 2021 8:13 am
All countries
4,742,562
मृत्यु
Updated on September 24, 2021 8:13 am

ब्रह्मदेवका विनोदको नाममा हाई रेन्ज बुक अफ वल्र्ड रिकर्ड

  • 903
    Shares

महेन्द्रनगर २० माघ । एउटै वियषमा लामो सयमसम्म लगातार प्रवर्चन दिन सक्ने विधामा नेपाल नेयाँ रेकर्ड कामय गरेको छ । हाई रेन्ज बुक अफ वल्र्ड रेकर्डले चिनिने उक्त विधामा नेपालका वक्ता रेभ. डा. नरीराम लुहार ‘विनोद’ले रेकर्ड राखन सफल भएका हुन् । यस अघि भारतीयको नाममा रहेको आठ घण्टाको रिकर्ड विनोदले तोडेका हुन् ।

उनले इसाई मुल धार्मिक गन्थ्र बाइबलको एउटा विषयमा उनले १२ घण्टा २२ मिनेटसम्म लगातार रुपमा प्रवर्चन दिएका हुन् । हाई रेन्ज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ता गर्न सफल भएका डा. लुहार प्रमाण–पत्र र स्वर्ण पदकबाट सम्मानित भएका छन् । सोमबार महेन्द्रनगर भएको “विश्व रेकर्ड प्रमाण–पत्र, स्वर्ण पदक हस्तान्तरण र पुस्तक विमोचन समारोह” मा विनादे उक्त पदक र प्रमाणबाट सम्मानित भएका हुन् । नेपाली समाजमा परोपकारी कार्य गरे वापत् हाई रेन्ज बुक अफ वल्र्ड रेकर्डस् मार्फत् स्वर्ण पदक र प्रमाण–पत्रबाट सम्मानित गरिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा गरिब परिवारमा जन्मीएका विनोदले अन्र्तराष्ट्रिय रेकर्ड राख्नुलाई महत्वपुर्ण रुपमा लिईएको छ । निम्न वर्गीय दलित परिवारका विनोदले एकै पटक विविध विधामा पदक जितेका हुन् । नेपाली समाजमा विभिन्न क्षेत्रमा सामाजिक र परोपकारी कार्यमा लामो समयदेखि लागि परेले युनिभर्सिटी अफ डिसाईपलसिप इन्स्टिच्यूट फर अपोष्टलिक मिनिष्ट्रिजले उनलाई “युनिभर्सल सुपर स्टार” र “ग्लोबल पिस अवार्ड”को पदवीबाट सम्मानित गरेको छ । उनले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरि भारतबाट इन्डियन इन्स्टीच्यूट आँफ मेसोलोजीबाट २०५९ सालमा बि.टिएच.गरेका छन् ।

येशू ख्रीष्टका अनुयायीका रुपमा रहेका डा. विनोदले २०६७ सालमा लिभिङ्ग वर्ड बाइबल इन्स्टीच्यूट भारतबाट एम.टिएच. गरेका विनोदले अमेरिकाको युनाइटेड नेशन्स युनिभर्सिटी फर ग्लोबल पिसबाट २०७२ सालमा ख्रीष्टियन लिडरसिपमा विद्यावारिधी गरेका हुन् । बाल्यकाल आमा–बुबासँगै भिमदत्त–९ ब्रह्मदेवमा विताएका विनोद बुड़कोटी लुहार÷पन्डा पूजारी परिवारका येशू ख्रीष्टलाई चिन्ने प्रथम व्यक्ति समेत हुन् ।

नेपाल लगायत भारतकार विभिन्न स्थानमा येशू ख्रीष्टमा आस्थावान्हरुको तालिम, सेमिनार गोष्ठीहरुमा उनी मुख्य वत्ताको रुपमा रहने गरेका छन् । भने नेपाल र नेपाल बाहिर विभिन्न देशका ईश्वरशास्त्रीय विश्वविद्यालयमा समेत आफुले प्राध्यापन गराउने गरेको उनले बताए । उनले हालसम्म ख्रीष्ट महिमा मण्डली नेपालका संस्थापक र वर्तमान अध्यक्ष, स्कूल आँफ बिब्लिकल टिचिङ्ग नेपालका राष्ट्रिय संयोजकक रुपमा नेपाल इन्स्टीच्यूट आँफ थियोलोजिकल स्टडीज दाङ्ग, कञ्चनपुर र भारतको खटीमा ३ वटा बाइबल तालिम केन्द्र स्थापना गरेका छन् ।

साथै उनले बाइबल सम्मत ३ वटा पुस्तक समेत प्रकासनमा ल्याएका छन् । ‘पुरानो करारको झलक’ नामक पुस्तक रेभ. पा. नर बहादुर शाह, ‘नयाँ करारको झलक’ शालिगराम शाहु र बाइबलको सामान्य ज्ञान’ पुस्तक खडक शाहुले सोमबार विमोचन गरे । सोमबार भएको “विश्व रेकर्ड प्रमाण–पत्र, स्वर्ण पदक हस्तान्तरण र पुस्तक विमोचन समारोह” सुदूरपश्चिम प्रदेशका पुर्व राज्यमन्त्री प्रकास रावल, प्रदेश सभा सदस्य मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका नगर प्रमखु सुरेन्द्र विष्टले विभिन्न पदक र प्रमाण पत्रसहित उनलाई सम्मान गरेका हुन् ।

नेपालका विभिन्न जिल्लाहरुबाट लगभग करिब २ सय बढीको उपस्थितिमा भएको कार्यक्रमलाई भिमदत्त नगर इसाई समाजका अध्यक्ष डा. लुहारले अध्यक्षता गरेका थिए ।

  • 903
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...