कोभिड–१९ लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

दोधारा–चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना तयार, पहिलो फेजको लागत झण्डै ७ अर्ब

७ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने आशा गरिएको दोधारा–चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ । तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ बराबर हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

कञ्चनपुरको महाकाली पारी दोधारा–चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा बन्ने परियोजनाका लागि २८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भएको परियोजनाका इन्जिनियर कमल प्रसाद जोशीले बताए । ‘यो परियोजना नेपाल सरकारकै लगानीमा निर्माण हुनेछ ।

पहिलो फेज अन्तर्गत रेलबाहेकको संरचना निर्माण तीन वर्ष १० महिनामा सक्ने र लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ भन्दा केही बढी देखिएको छ,’ इन्जिनियर जोशीले भने । परियोजना निर्माणका लागि स्थानीयको सहमति रहेको र सरकारले पनि बन्दरगाह निर्माण प्राथमिकतामा राखेका कारण परियोजनाले गति लिने विकास समितिको दाबी छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको प्राविधिक समितिको सिफारिसअनुसारको क्षेत्रमै आधारित रहेर परियोजनाको गुरुयोजना तयार भएको विकास समितिले जनाएको छ । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने गुरुयोजानामा भनिएको छ ।

यस्तै टेण्डर छनोटमा ४ महिना र निर्माण अवधि २४ महिना गरी ३ वर्ष १० महिनामा परियोजना निर्माण सकिने मास्टर प्लानमा उल्लेख छ । ईआईए र डीपीआरका लागि पूर्वस्वीकृति लिन वन मन्त्रालयसँग स्वीकृति मागिएको तथा सो कार्यका लागि नयाँ बजेटमा थप आर्थिक साहायताका लागि अर्थमा प्रस्ताव गरिएको विकास समितिले जनाएको छ ।

नेपाली अनुभव प्रयोग गर्छौं

सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि माल वस्तु ढुवानीका ट्रक कन्टेनर अहिले नेपालगञ्ज र भैरहवाबाट त्यतातर्फ जाने गरेका छन् ।लामो दुरीका कारण सुदूरपश्चिमले भोगेको समस्या समाधान गर्न सो स्थान भएर तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा–चाँदनीमा व्यापारिक पूर्वाधार सरकारको उच्च प्राथमिकतामा रहको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।

औद्योगिक विकासमा तीब्र गतिमा काम गरिरहेको भारतीय भूमि भएर तोकलहावाद र मुन्द्रा पोर्ट भएर तेस्रो मुलुकसँगको व्यापरका लागि दोधारा–चाँदनीमा सुख्खा बन्दगाह रणनैतिक महत्वको भएको गजुरेल बताउँछन् । यस अघि उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतीय सहयोगमा व्यापार पूर्वाधार बन्ने गरेकोमा दोधारा–चाँदनीमा भने आफ्नै अनुभव प्रयोग गरेर आयोजना सम्पन्न गरिने उनले बताए । ‘हामीले चोभारमा आफ्नै अनुभवले आयोजना सम्प्पन उन्मुख अवस्थामा पुगेका छौं, त्यो अनुभव दोधारा– चाँदनीमा प्रयोग गछौं,’ कार्यकारी निर्देशक गजुरेलले भने ।

भारत र चीनले बनाएका पूर्वाधार उनीहरुको व्यापार अनुकुलता हुँदा हरेक वर्ष नेपालले पूर्वाधारमा काम गर्न परेको भन्दै उनले दोधारा–चाँदनीमा आयात र निर्यातका पूर्वाधारमा कुनै कमी हुन नदिइने दाबी गरे । साभार अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...