कोभिड–१९ लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

डाक्टर तथा नर्सहरूलाई आइसियु सञ्चालन सम्बन्धी तालिम प्रदान गरियो

सुदूरपश्चिम  कोरोना महामारीको चपेटामा परेको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धि गरी अस्पतालहरूलाई कोरोना प्रतिरोध गर्न सक्षम बनाउने उद्देश्यले सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा जिल्ला अस्पतालहरू, टिकापुर, सेती, तथा महाकाली अस्पतालका ११ जना मेडिकल अफिसर तथा १३ जना नर्सिङ स्टाफ गरी जम्मा २४ जनालाई इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल तथा क्रिटिकल केयर व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

एक ब्याचमा ६ जना डक्टर र ६ जना नर्स गरी १२ जना रहने ३ ब्याचको लागि तालिम योजना गरिएको भए पनि लकडाउनका कारण आवागमनमा असुविधा भएकोले दुईव्याच मात्र तालिम चलाइएको र आवागमन खुकुलो हुने बित्तिकै तेस्रो ब्याच पनि सञ्चालन गरिने कुरा आयोजकले बत्ताएका छन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र र सेती प्रादेशिक अस्पतालको समन्वय र जिआइजेडको स्वास्थ्य क्षेत्र सहायता कार्यक्रमको साझेदारीमा जनचेतना तथा युवा जागरण मञ्च नेपाल ९फाया नेपाल० ले उक्त तालिम सञ्चालन गरेको हो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको स्वीकृत पाठ्यक्रम र निर्देशिका बमोजिम दिइएको उक्त तालिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९नाम्स०, वीर हस्पिटलका प्राध्यापक डक्टर रवि राम श्रेष्ठको नेतृत्वमा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले प्रदान गरेका थिए ।

तालिमका बारे जानकारी दिँदै फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले यस तालिमले यस अघि नै आइसियु स्थापना भइसकेर पनि जनशक्तिको अभावका कारण सञ्चालनमा आउन नसकेका विभिन्न अस्पतालमा सेवा सुचारु गर्न तथा यस अघि सेवा सञ्चालनमा रहेका अस्पतालमा थप तथा सहजतापूर्वक सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...