कोभिड–१९ लाइभ अपडेट

All countries
176,102,484
संक्रमित
Updated on June 12, 2021 5:26 pm
All countries
158,309,723
निको भएका
Updated on June 12, 2021 5:26 pm
All countries
3,802,121
मृत्यु
Updated on June 12, 2021 5:26 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
176,102,484
संक्रमित
Updated on June 12, 2021 5:26 pm
All countries
158,309,723
निको भएका
Updated on June 12, 2021 5:26 pm
All countries
3,802,121
मृत्यु
Updated on June 12, 2021 5:26 pm

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ ।

कानुन व्यवसायीको दक्षता , क्षमता अभिबृधी , समाजिक उत्तरदायित्व बहन, कानुनि शिक्षामा सुधार, कानुन व्ययसायीहरुको कल्ल्याणकारी कोषको स्थापना तथा व्यबस्थापन , बृती बिकास, सामुहिक बिमा योजना , पेशागत अनुगमन ,नियमन , श्रोत साधनको पहिचान देखि लिएर पेशागत मुल्य मान्यता र मर्यादाका बारेमा छलफल भएको नेपाल कानुन व्यवसायी परिषदका पार्सद अधिवक्ता प्रकाश बहादुर पाण्डेयले बताए । पेशालाई के कसरी अझै सुधार गर्न सकिन्छ , के कसरी नेपालका कानुन व्ययसायीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पेशागत क्षमताका लागि योग्य सक्षम बनाउन सकिन्छ लगायतका सरोकार योग्य बिषयहरुका बारेमा मस्यौेदामा छलफल भएको हो ।


७ वटै प्रदेशमा रहे भएका करिब बीस हजार कानुन व्यवसायीहरुका बिचमा छलफल गरी अनुमोदन गर्ने र सोही बमोजिम कार्यान्वयन गर्ने लक्ष र योजना काउन्सिलको रहेको र सोही बमोजिम अगामी कार्यक्रमहरु संचालन गर्ने उद्देश्यका साथ तेस्रो चरणमा सुदुरपस्चिम स्तरको छलफलको आयोजना गरिएको पाण्डेयले बताए ।

कार्यक्रमको अध्यक्षता नेपाल कानुन व्यवसायी परिषदका पार्सद अधिवक्ता प्रकाश बहादुर पाण्डेय ( सुदुरपस्चिम प्रदेशबाट) ले गर्नु भएको थियो भने मस्यौदाको बिषय बस्तुहरुको प्रस्तुति क्रमशः बार काउन्सिलका पार्सद वरिष्ठ अदिवक्ता डा.चन्द्रकान्त ज्ञवाली र न्यायिक राजन के.सि.( न्यायिक प्रस्तिस्ठान ) ले गर्नु भएको थियो । कार्यक्रममा सुदुरपस्चिमका ९ वटा जिल्ला बार र २ वटा उच्च बारहरुका अध्यक्ष ÷सचिब ÷ प्रतिनिधीहरुले कार्यपत्र ÷ मस्यौदा उपर आफ्नो धारणा सहित टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला बार कंचनपुरका अध्यक्ष अधिवक्ता देव राज पन्त, कैलाली बारका अध्यक्ष अधिवक्ता सिद्द राज ओझा, डडेलधुरा बारका अध्यक्ष अधिवक्ता लाल बहादुर जाग्री , दार्चुला बारका सचिब अधिवक्ता धिरेन्द्र साउद, बैतडी बारका सचिब अधिवक्ता कर्ण दत्त भट्ट , डोटि उच्च बारका सदस्य अधिवक्ता दल बहादुर धामी , उच्च बार महेन्द्रनगरका अध्यक्ष उद्दव राज भट्ट , डडेल्धुरा बारका निबर्तमान अध्यक्ष बिस्णु भट्ट, कंचनपुर बारका संस्थापक सचिव अधिवक्ता जगत प्रकाश जोशी , सुदुरपस्चिम कानुन समाजका अध्यक्ष अधिवक्ता प्रताप ठकुराठी , नेपाल बारका निबर्तमान उपाध्यक्ष अधिवक्ता गङगा राम पाध्याय , बरिस्ठ अधिवक्ता तथा नेपाल बारका निबर्तमान कार्य बाहक अध्यक्ष राजेन्द्र साउद , निबर्तमान पार्सद बरिस्ठ अधिवक्ता रमेश देव भट्ट, नेपाल बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उमेश बिस्ट सुदुरपस्चिम प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मा. कुलानन्द उपाध्याय लगायत सहभागीहरुले आ–आफ्नो धारणा राख्नु हुँदै बार काउन्सिलको पार्सदको प्रदेश सम्पर्क कार्यालय मात्र होइन रणनीतिक योजनामा काउन्सिलको संरचना प्रदेश स्तर सम्म हुनु पर्ने कुरामा समेत जोड दिएका थिए ।

यसैगरी यथाशीघ्र कानुन व्ययसायीहरुको सन्दर्भमा बार काउन्सिलले कार्यक्रम गर्नु पर्नेमा जोड दिनु दिएका थिए । नेपाल बार काउन्सिलका सचिव मोना सिङले संचालन गर्नु भएको कार्यक्रममा स्वागत तथा समापन कार्यक्रमका सभापति पार्सद अधिवक्ता प्रकाश पाण्डेयले उपस्थित बार युनिटका अध्यक्ष तथा प्रतिनिधि , पार्सद ज्युहरु ( प्रेम कुमार पोख्रेल, मुकुन्द कुमार अर्याल , राम बाबू बि. सि, निर्मला पौडेल ( रजिस्ट्रार सर्बोच्च अदालत ), भिम गुरुङ , सरोज कृष्ण घिमिरे सदस्य (अन्तर्राष्ट्रिय सम्बन्ध समिती नेपाल बार काउन्सिल ), नेपाल बारका बर्तमान तथा निबर्तमान पदाधिकारी , बार काउन्सिलका निबर्तमान पार्सद, बरिस्ठ अधिवक्ता तथा अधिवक्ता , निर्देशक समितिका पदाधिकारी तथा सदस्य ज्युहरु , योजना तर्जुमा समितिका पदाधिकारी तथा सदस्य , सुदुरपस्चिम कानुन समाजका अध्यक्ष÷ महासचिब÷ सचिव तथा सहभागी , सुदुरपस्चिम न्याय समाजका पदाधिकारी तथा प्रतिनिधि, प्रस्तोता पार्सद व.अ.डा. चन्द्रकान्त ज्ञावलि , राजन के.सि. ( न्यायिक प्रतिस्ठान), महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता श्याम कुमार भट्टराई , शिव बाग्ले (सहायक न्यायाधिवक्ता ) , बार काउन्सिलका सचिव मोना सिङ , काउन्सिलका निबर्तमान सचिव रामहरी काफ्ले, बरिस्ठ प्रशासकिय अधिकृत बिदुर सापकोटा, काउन्सिलका कर्मचारी एबम साथ सहयोग गर्नु हुने गर्नु हुने र सहभागी सम्पुर्णमा आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

यसैगरी बिश्वव्यापी महामारी कोरोनाबाट कानुन व्यवसायीहरु समेत अछुतो रहन नसकी सो बाट हाल संक्रमित भै उपचाररत रहनु भएका नेपाल बारका सम्पुर्ण सदस्य तथा पदाधिकारहिरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोभिड्का कारणले देश भरिबाट दिबङत हुनु भएका कानुन व्यवसायीलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ । कानुन व्यवसायीको...