कोभिड–१९ लाइभ अपडेट

All countries
231,385,937
संक्रमित
Updated on September 24, 2021 8:13 am
All countries
206,332,091
निको भएका
Updated on September 24, 2021 8:13 am
All countries
4,742,562
मृत्यु
Updated on September 24, 2021 8:13 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
231,385,937
संक्रमित
Updated on September 24, 2021 8:13 am
All countries
206,332,091
निको भएका
Updated on September 24, 2021 8:13 am
All countries
4,742,562
मृत्यु
Updated on September 24, 2021 8:13 am

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज
अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ भएको थियो । चोभारबाट जलबगाई कृष्णले काठमाण्डौलाई पुनः बस्ने लायक बनाएका थिए ।भगवान श्री कृष्ण सँग आएका गोपालबँशिहरु यहिँ बसोबास गर्दै पशुपतीनाथको सेवा तथा मातातिर्थमा बसेर राज्य सँचालन गरेका थिए । राईट नामक लेखकको भनाई अनुसार किरात बँशका छैँठो राजा हुमतीको शासनकालमा पाण्डवहरु बनबास गएका थिए ।

यिन्कै पुत्र जितेदास्ती पाण्डवहरुको पक्षबाट महाभारत युद्धमा सम्मीलित हुन पुगेका हुन । जितेदास्तीको शासनकाल गौतमबुद्धको समकालिन मानिएको खण्डमा र त्यही समयमा भगवान बुद्ध काठमाण्डौ आएका थिए भनेर मान्न सकिन्छ । भगवान बुद्धको अधिकाँस समय जिवन प्रायः बर्तमान नेपालको तराई र त्यस्को आसपास बितेको थियो भन्ने ईतिहासकारहरुको भनाई छ ।

मुलसर्वास्त्रीबाद बिनय जस्ता प्राचिन बौद्ध पुस्तकमा बुद्धको जिवनकालको समयमा नेपालको राम्रो उन्नती थियो र त्यसै समय बौद्धमार्गीहरु बर्तमान नेपालको बिभिन्न स्थानहरुमा भ्रमण गरी रहन्थे भनेर भनिएको छ । बँशावलीहरुमा गौतमबुद्ध कपिलबस्तुबाट काठमाण्डौ आई स्वयम्भुनाथ पहाड नजिकको पश्चिमतिरको पुच्छाग्र चैत्यमा बसेका थिए भनेर लेखिएको छ । भगवान गौतमबुद्धको काठमाण्डौ आगमन उन्को आफ्नो जिवनको पछिल्लो भागमा भएको अनुमान हुन्छ । बुद्धत्व प्राप्ती पछि गँगाजमुनाको कछारमा र बोधगया पछि, उन्को निकै प्रशिद्धि भईसकेपछि उनी पहाडतिर काठमाण्डौ आएका थिए भन्ने आँकलन गरिन्छ ।

सम्भवत भगवान बुद्धको यो आगमन ईशापुर्व ५२० को छेउछाउमा भएको थियो । नेपालभित्रै जन्म लिएर भगवान बुद्धले आफ्नो ज्ञानको ज्योती सँसारभरी फैलाएका थिए । जैन आचार्य भद्रबाहु – चन्द्रगुप्त मौर्यको मगधको राज्यसत्ता प्राप्ती भन्दा केहि पहिलेको सेरोफेरोमा त्यहाँ आचार्य भद्रबाहु र सँभुत बिजय नामक प्रशिद्ध जैन तिर्थाकँरहरु बस्दथे ।

यी दुबैजना जैन मुनीहरु अत्यन्त बिद्वान थिए र ईनीहरुलेनै मगधलाई केन्द्र बनाएर जैन धर्मको प्रचारप्रसार को काम पनि गरीरहेका थिए ।जैन अनुश्रुतीको कथन अनुसार ३१२ ई पुर्व तिर उत्तरभारतमा ठुलो अनिकाल पर्दा भद्रबाहु मुनी त्यहाँबाट कर्नाटक तिर गएका थिए अनि १२ बर्ष पछि पुनः मगधमै फर्की आएका पनि थिए । यस १२ बर्षमा जैन सम्प्रदाय मगधतिर शिथिल भईसकेको थियो र त्यसकारण ले केहि दुखी भई तपस्या गर्न उनी नेपालतिर पसेका थिए र काठमाण्डौ पनि पुगेका थिए ।

ईनी काठमाण्डौ तिर आएर बसेका अनुश्रुतीहरु पाईए पनि ईन्को आगमनले यहाँका बासिन्दाहरुलाई त्यसतर्फ आकर्षित गरेको खासै प्रमाणहरु भेटिँदैन । उन्लाई भेट्न र केहि प्रामाणिक जैनधर्म ग्रन्थको प्राप्तीको निमित्त उन्कै शिष्य स्थुलभद्र पनि पाटलीपुत्रबाट काठमाण्डौ आएका थिए । सम्राट अशोक – बौद्ध धर्मको प्रचारप्रसारमा सम्राट अशोकको अनुकरणिय भूमिका रहेको छ ।

आफु पाटलीपुत्रको राजा भएको बिसौ बर्षपछि ईन्ले आफ्नो बौद्ध पिठहरुको यात्रा शुरु गरेका थिए । सम्राट अशोकले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको दर्शनपछि अन्य नगर र बिहारहरुको यात्रा पनि गरेका थिए । सम्राट अशोकले लुम्बिनीमा एउटा स्तम्भ खडागरी त्यस्मा ब्राम्ही र पाली भाषामा अभिलेख पनि लेखाएका थिए । त्यसै स्तम्भलाई अशोक स्तम्भ पनि भनिन्छ । यसै यात्राक्रममा अशोक काठमाण्डौ आई पाटन,क्रीतिपुर ईत्यादी स्थानहरुमा पनि स्थम्भहरु खडा गराएका थिए ।

बँशावली अनुसार उन्को यात्रामा उन्की छोरी चारुमती पनि आएका थिईन र ईन्को बिवाहपनि यहिँ देवपाल नामक कुमारसित गराईएको थियो ।ईनीहरु दुबैजना पछि भिक्षु बन्दै अनेक बिहार र चैत्य बनाउन लागी परेका थिए । ईनै चारुमतीको नामबाट अहिलेको चाबहिल बनेको हो भनेर पनि भनिन्छ ।

यसरी ईतिहासले भुल्न नसक्ने गरी नेपालको राजधानी काठमाण्डौ लगायत बिभिन्न स्थान र हिमालयहरुमा पौराणिक, मध्यकालिन र अन्य समयमा दिब्य आत्माहरुले भ्रमण गरेको र त्यस्को परोक्ष प्रभावहरु अझैसम्म देख्न पाईन्छ । त्रेतायुगमा मर्यादापुरुषोत्तम भगवान रामले यहिँ नेपाल जनकपुरबाट सिता मातालाई बिवाह गरेर अयोध्या लगेको तथ्य त झन हाम्रो धर्मग्रन्थहरुको मुख्य आकर्षण र अति मर्यादित तथ्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...