कोभिड–१९ लाइभ अपडेट

All countries
194,080,557
संक्रमित
Updated on July 24, 2021 2:20 pm
All countries
174,445,134
निको भएका
Updated on July 24, 2021 2:20 pm
All countries
4,160,603
मृत्यु
Updated on July 24, 2021 2:20 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
194,080,557
संक्रमित
Updated on July 24, 2021 2:20 pm
All countries
174,445,134
निको भएका
Updated on July 24, 2021 2:20 pm
All countries
4,160,603
मृत्यु
Updated on July 24, 2021 2:20 pm

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार ।
कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन गर्नको लागि एक दिने सिचाई आयोजनाको प्रभाव सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालले जिल्ला खाद्य अधिकार संजाल सँगको सहकार्यमा छलफल कार्यक्रम सम्पन्न भएको ओयोजकले जनाएको छ ।
फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमका अनुसार सिचाई जन्य क्षेत्रमा रहेको खाद्य समस्यालाई खाद्य सुनिश्चितता गर्नको लागि सरोकारवाला सँग छलफल गरिएको छ । यसैगरी महाकाली सिँचाई क्षेत्रसँग जोडिएको सिँचाईजन्य भुमीलाई पनि सिँचाईको सुविधा प्रत्याभुत गराउनको लागि सरोकारवाला निकाय सँग छलफल गरिएको उनले बताए ।
कार्यक्रममा सहभागी किसानले नहर, ट्रर्सरीका लागि आउने बजेट समयमै निकासी हुनुपर्र्ने, सिचाँईपोत लाई मान्यता दिनुपर्ने, मुल नहरमै पानी बढाउने पर्ने लगायका मागहरु राखेका छन् ।

“फियान नेपाल खाद्य अधिकार सुरक्षाको निम्ती काम गर्ने एक संस्था हो, जिल्लाको महाकाली सिचाई हुने क्षेत्रमा सिचाईबाट वञ्चित हुनुपर्ने विभिन्न समस्या छन् ।” फियान नेपालका क्षेत्रिय संयोजक सुरेश गौतमले भने, “हिउँदमा सिँचाई गर्न सकिने भुभाग वर्षायाममा आएर बाढीले ग्रसित हुँदा सिँचाईबाट वञ्चित हुनुपर्ने अवस्था छ, यसको समस्या सामाधानको लागि सरोकारवाला सँग महाकाली सिँचाई आयोजनाको प्रभावकारी सम्वन्धि छलफल गरिएको छ ।”

कार्यक्रममा महाकाली नदीबाट नेपालले सिँचाई गर्न पाउने पानीको पनि छलफल गरिएको थियो । खाद्य अधिकारको संरक्षणको लागि नेपाल भारत सन्धिका बाधब बनेको र नेपाली पक्षले सन्धि अनुरुप पानी नपाएको कुरालाई पनि कार्यक्रममा उल्लेख गरिएको संयोजक सुरेश गौतमले बताए । यस्तै कार्यक्रममा सिँचाई प्रभावित क्षेत्रहरुको अनुगमन समेत गरिएको थियो ।
त्यस्तै फियानका कानुन अधिकृत मेघराज रानाले स्थानीय किसानसँग सिचाई प्रभावकारी व्यवस्थापनका लापिग फलफल गरिएको बताए । उनका अनुसार कृर्षक समस्या समाधानका लागि फियानले पहल गर्नेछ । फियान नेपालले खाद्य अधिकारसँग जोडिएका सवालको स्थलगत अध्ययन, दस्तावेजिकरण र वकालत गदैँ आएको छ ।

यसैगरी जिल्ला खाद्य अधिकार संजाल कञ्चनपुरका संयोजक कोमल निंरजन भाटले कार्यक्रममा जिल्लाको भीमदत्त नगरपालिका क्षेत्रमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी सम्वन्धि छलफल गरिएको बताए । उनले जिल्लामा सिँचाई समस्याबाट खाद्य समस्या सृजित भएको अवस्थामा सिचाई समस्यालाई सुदृढ पार्नको लागि कार्यक्रममा सरोकारवाला पक्षसँग अन्तक्रिया कार्यक्रम तथा छलफल गरिएको जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...